आजदेखि समानुपातिकतर्फको मतपत्र छापिने « Khabarhub

आजदेखि समानुपातिकतर्फको मतपत्र छापिने


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्वाचन आयोगले आजदेखि समानुपातिकतर्फको मतपत्र छाप्न थाल्ने भएको छ।

सुरुमा प्रदेश १, मधेश, बागमती र गण्डकीको समानुपातिकतर्फका मतपत्र छाप्ने तयारी छ। चार प्रदेशका लागि करिब एक करोड ३१ लाख मतपत्र छाप्ने आयोगले बताएको छ।

यसपछि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मतपत्र छापिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिकतर्फको नमुना मतपत्र छपाइ सकिए लगत्तै प्रदेश सभा सदस्यको समानुपातिकतर्फको मतपत्र छपाइ सुरु हुनेछ।

भक्तपुरस्थित जनक शिक्षा सामाग्री केन्द्रको छापाखानामा मतपत्र छाप्दै आएको आयोगले चारवटा प्रदेशका लागि करिब एक करोड ३१ लाख मतपत्र छाप्नेछ। आयोगका अनुसार प्रतिनिधि र प्रदेश सभाको समानुपातिकतर्फ करिब २० लाख नमुना मतपत्र छापिँदैछन्। आयोगले भदौ २१ गते नमुना मतपत्र छाप्न सुरु गरेको थियो।

देशभरका ७५३ वटै पालिकामा नमुना मतदान गर्ने योजना बनाएको आयोगले सोही बमोजिम मतपत्र छापेको हो।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ७ : ३९ बजे

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा