उत्तर कोरियाद्वारा आणविक हतियार सम्पन्न राष्ट्र घोषणा | Khabarhub Khabarhub

उत्तर कोरियाद्वारा आणविक हतियार सम्पन्न राष्ट्र घोषणा


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

प्योङयाङ – उत्तर कोरियाले आफूलाई आणविक हतियार सम्पन्न राष्ट्र घोषणा गरेको छ । प्योङयाङले आफूलाई आणविक हतियार सम्पन्न राष्ट्र घोषणा गर्ने कानुन पारित गरेको सरकारी समाचार संस्था केसीएनएले जनाएको छ ।

देशका नेता किम जोङ–उनले निर्णयलाई “अपरिवर्तनीय’’ भन्दै आणविक निशस्त्रीकरणमा हुने वार्ताको सम्भावनालाई अस्वीकार गरे। प्रतिबन्धको बावजुद प्योङयाङले सन् २००६ देखि सन् २०१७ को अवधिमा ६ वटा परमाणु परीक्षण गरेको छ।

उसले आफ्नो सैन्य क्षमतालाई अगाडि बढाउन जारी राखेको छ । संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावहरूको उल्लंघन गर्दै उसले बारम्बारे आफ्ना छिमेकीहरूलाई आणविक धम्की दिँदै आएको छ ।

किमले तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्तापछि सन् २०१९ मा लामो दूरीको हतियार प्रक्षेपण र आणविक परीक्षण गरेका थिए । त्यसपछि दुई देशबीचको आणविक वार्ता रोकिएको छ ।

बाइडेन प्रशासनले प्योङयाङसँग वार्ता गर्न इच्छुक रहेको संकेत गरेको भए पनि राष्ट्रपति जो बाइडेनले किमलाई भेट गर्ने वा नगर्ने विषयमा केही भनिएको छैन् ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ८ : ५१ बजे

आयआर्जनको माध्यम बन्दै मह सिकार

म्याग्दी– देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका

नेपाल–भारत समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र भारत घनिष्ठ

तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न आदेश

तनहुँ– तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना हुने भएको छ ।

भोलक्यानोजमाथि नेपाल ४ विकेटले विजयी : कुशल र दीपेन्द्रको अर्धशतक

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास खेलमा नेपालको राष्ट्रिय क्रिकेट

संस्कृति संरक्षाणका लागि मादल बजाउने तालिम

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीमा मादल बजाउन सिकाउने तालिम सुरु भएको