लोकतन्त्र बुझाउन पोखरामा बीपी स्मृति पुस्तकालय « Khabarhub

लोकतन्त्र बुझाउन पोखरामा बीपी स्मृति पुस्तकालय


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखराका गणेशबहादुर भट्टराई शुक्रबार पुस्तक पढ्नमा व्यस्त हुनुहुन्थ्यो। बीपी विचारबाट आकर्षित भट्टराईको हातमा ‘विश्वेश्वरप्रसाद कोइराला आत्मवृत्तान्त’ नामक पुस्तक थियो।
उनीसँगै नेपाली कांग्रेसका नेता कार्यकर्ता पुस्तक पढ्दै थिए। त्यहाँ उपस्थित सबैको अनुहारमा कान्ती थियो। आफ्ना रोजाइका नेपाली कांग्रेस र यससँग सम्बन्धत पुस्तक पढ्न पाइने गरी पोखरामा पुस्तकालय खुलेकोमा सबैले प्रशंसा गरिरहेका थिए।

‘विश्वेश्वरप्रसाद कोइराला आत्मवृत्तान्त’ पुस्तक पढिरहेका भट्टराई पनि पुस्तकालय खुलेकोमा खुसी हुनुहुन्थ्यो। पोखरामा खुलेको बीपी स्मृति पुस्तकलयमा सबै बीपी कोइरालाले लेखेको र उनका बारेमा अरु लेखकले लेख्नुभएका पुस्तक पढ्न पाइने भएपछि हर्ष लागेको उनको भनाइ छ।

यसरी पुस्तकालय स्थापना गरेर बीपी र उनीसँग सम्बन्धित विषयमा ज्ञान छर्ने कामको चाँजोपाँजो मिलाएको हो, नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले। सबै व्यवस्था मिलाएर प्रदेश समितिले शुक्रबार एक सय नवौँ बीपी जयन्तीका अवसरमा पुस्तकालयको उद्घाटन गरेको हो। जहाँ राष्ट्रियता, प्रजातन्त्र र समाजवादसँग सम्बन्धित एक हजारभन्दा बढी पुस्तक तथा पत्रिका छन्।

पुस्तकालयका लागि प्राज्ञिक व्यक्तिले निःशुल्क पुस्तक उपलब्ध गराएको पुस्तकालय व्यवस्थापन समितिका संयोजक प्रा डा कुशुमाकर न्यौपाले जानकारी दिए।

प्रजातन्त्रमा व्यक्ति सर्वोच्च हुन्छ भन्ने बुझाउन पुस्तकालयको स्थापनामा जोड दिएको नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको भनाइ छ।

शुक्रबारदेखि सञ्चालमा आएको बीपी स्मृति पुस्तकालयमा देशैभरका मानिसले अध्ययन गर्न सक्नेछन्। आगामी दिनमा लोकतन्त्रसम्बन्धी १० हजार पुस्तक थप गरेर लोकतन्त्र बुझाउने देशकै नमूना पुस्तकालय बनाउने योजना उनले सुनाए।

पुस्तकालयको पूर्वउपकुलपति प्रा डा केदारभक्त माथेमाले उद्घाटन गरेका हुन्।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  १० : ०५ बजे

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष

झापाका रास्वपा नेतासँग तीन घण्टा बिताएका बालेनले ओलीको क्षेत्रमा गरिरहेका छन् जनमत सर्भेक्षण

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर

नयाँ नेतृत्वको चयन गर्ने तयारीमा हमास

गाजा – गाजामा युद्धको क्रममा इजरायलले समूहका धेरै शीर्ष नेताहरूको

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन