स्वास्थ्य बीमाका बिरामीको आकर्षण बढ्दै « Khabarhub

स्वास्थ्य बीमाका बिरामीको आकर्षण बढ्दै


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

चितवन– सरकारले सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमप्रति यहाँको भरतपुर अस्पतालमा आकर्षण बढ्दै गएको छ । अस्पतालमा विसं २०७४ भदौ १ गतेबाट बीमा कार्यक्रम लागू भएको हो ।  सरकारले नेपालमा विसं २०७२ मा कार्यक्रम सुरु गरेको थियो । भरतपुर अस्पतालले बीमा कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेसँगै यो कार्यक्रम सेवाग्राहीका माझ लोकप्रिय बन्दै गएको छ । अस्पतालमा आउने ७० प्रतिशतभन्दा बढी बिरामी बीमाका हुने गरेका छन् । त्यसो त अस्पतालले कार्यक्रम लागू गरेको पाँच वर्ष पुग्दै गर्दा ९३ करोड ५८ लाख ९५ हजार बीमा दाबी भुक्तानी लिएको छ ।

अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका संयोजक लिलाधर पौडेलका अनुसार पछिल्ला वर्षहरूमा बीमा दाबी रकम बढेको छ । यस आर्थिक वर्षको साउन यता मात्रै अस्पतालले १३ करोड ३२ लाख ४३ हजार दाबी भुक्तानी पाएको छ । गत आर्थिक वर्षमा अस्पतालले रु ३० करोड ७९ लाख ७४ हजार दाबी भुक्तानी लिएको थियो । बीमामा बिरामीको आकर्षण बढेकै कारण सङ्ख्या थपिएर दाबी भुक्तानी रकम बढेको हो ।

पौडेलले भने, ‘दाबी गरिएका अधिकांश फाइल सदर भएर धेरै रकम पाउने भरतपुर अस्पताल पहिलो हो’, स्वास्थ्य बीमा बोर्डबाट हालसम्म चार सय ५० अस्पतालमा भुक्तान भएकोमध्ये सबैभन्दा बढी रकम भरतपुर अस्पतालमा आएको छ । बिरामीको उपचारपछि रकम दाबी गर्ने गरिन्छ । अस्पतालको बीमा शाखामा दक्ष कर्मचारी राखेर निरन्तर दाबी भुक्तानीका लागि काम गरिएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य बीमा कार्यक्रम सेवाग्राहीको माझ प्रभावकारी र गुणस्तरीय बनाउन स्वास्थ्य बीमा बोर्डले बीमाको नीति पृथक बनाएर नियमन गर्नुपर्ने पौडेलको सुझाव छ । उनले सेवाप्रदायक संस्थाले पनि आफ्नो संस्थाको आन्तरिक व्यवस्थापनलाई चुस्त बनाई उपकरण र जनशक्ति थप गर्दै लैजानुपर्ने बताए ।

स्वास्थ्य बीमाको पहिलो विन्दु भरतपुर अस्पताल बनाउने चितवनसहित नवलपुर, धादिङ, गोरखा, तनहुँ, मकवानपुरका समेत रहेका छन् । रिफर भएर आउने बिरामी यी सहित २२ जिल्लाभन्दा बढीका हुने गरेका छन् । अधिकांश बिरामी स्वास्थ्य बीमामार्फत सेवा लिन उच्च महत्वकांक्षाका साथ आउने गरेको पौडेलको भनाइ छ । उनले भने, ‘सरकारी भरतपुर अस्पतालमा विशेषज्ञ चिकित्सकको सङ्ख्या बढी रहेको र सेवाप्रति आकर्षण बढी हुने गरेकाले दैनिक निकै बिरामी आउने गर्दछन् ।’ बिरामीको उच्च चाप र न्यून जनशक्तिका कारण बीमाका सबै बिरामीले सोचेजस्तो सेवा लिन भने सकेका छैनन् ।

अस्पतालमा दैनिक दुई हजारसम्म बहिरङ्ग सेवामा बिरामी आउने गर्दछन् ।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले बीमा शाखामार्फत गरिएका मेहनत र प्रयासका कारण अस्पतालको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्न सफल भएको बताए । उनले भने, ‘साउन लागेपछि मात्रै सबैभन्दा बढी रकम भरतपुर अस्पतालले पाउनुमा यहाँका सेवाप्रदायक चिकित्सक, नर्स र कर्मचारीको भूमिका महत्वपूर्ण छ ।’ यसरी लाग्नेलाई संस्थागत रुपमा अस्पतालले सधैँ सम्मान गर्ने भन्दै उनले अस्पतालमा ओएनएम सर्वेअनुरुपको जनशक्ति प्राप्त भएसँगै कुनै समस्या नरहने गरी गुणस्तरीय सेवा दिन सकिने बताए ।

छ सय शय्याको अस्पतालमा नेपाल सरकारका एक सय ७५ कर्मचारी रहेका छन् । बाँकी अस्पताल विकास समितिले धान्दै आएको छ । ओएनएम सर्वेअनुसार एक हजार ८५ कर्मचारी नेपाल सरकारका हुनुपर्दछ ।

अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी सेवाग्राहीलाई सोचेजस्तो सेवा अझै दिन नसकिएको भन्दै उनले क्रमशः सेवामा गुणस्तरीयता वृद्धि गरिँदै लगिने बताए । विगतको तुलनामा बिरामीले राम्रो सेवा पाउँदै गएको भन्दै उनले जनशक्तिका कारण अस्पतालले चाहे जति गर्न नसकेको बताए । बीमा कार्यक्रम अस्पताल सञ्चालनको मुख्य मेरुदण्ड भएको भन्दै उनले थप व्यवस्थित बनाउनुपर्ने बताए ।स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले भरतपुर अस्पतालको बीमा कार्यक्रम राम्रो रहेको बताए ।

अस्पतालले बीमा दाबी गर्दा आवश्यक कागजात पुर्‍याएर गरेकाले दाबी गरिएका अधिकांश फाइल सदर हुँदा धेरै रकम लिन सफल भएको उनले बताए । पछिल्ला वर्षहरूमा अस्पतालको गुणस्तरमा सुधारसँगै बढेका बीमाका बिरामीले राम्रो सेवा पाएको बसौला बताउँछन् । बोर्डले स्थापना भएपछि हालसम्म रु २४ अर्ब निकासा गरेकोमा सरकारी सेवा प्रदायक सबैभन्दा धेरै रकम भरतपुर अस्पताल गएको उनले जानकारी दिए ।

बोर्डले साउनमा चार सय ५० अस्पताललाई दुई अर्ब ६७ करोड भुक्तानी गर्दा भरतपुर अस्पताललाई रु १३ करोड बढी पठाएको छ । बोर्डले सेवालाई व्यवस्थित गर्दै असारसम्मको बाँकी रकम एक महिनाभित्रमा भुक्तानी गर्ने गरी काम गरिरहेको बसौला बताउँछन् । असारसम्म अस्पतालले भुक्तानी पाउनुपर्ने रकम दुई अर्ब ५० करोड हाराहारी छ । स्वास्थ्य बीमा कार्यक्रममा ६० लाख सदस्य बनिसकेका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ११ : ३३ बजे

ओलीको चेतावनी- पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन 

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अराजकता, अनुशासनहीनता र

बाढी–पहिरोबाट अवरुद्ध एनटीसीका १३० साइट अझै सञ्चालनमा आएनन्

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका

टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि टिपरको ठक्करबाट चार

यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने

रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय

रसुवा– भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र विपद्पछि सिर्जित जटिल