निशान भट्टराईको ‘म त तिम्रै हुँ’ सार्वजनिक « Khabarhub

निशान भट्टराईको ‘म त तिम्रै हुँ’ सार्वजनिक


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बारा– गायक निशान भट्टराई र किशु थापाको आवाजमा रहेको ‘म त तिम्रै हुँ’ बोलको गीतमा बनाइएको भिडियो सार्वजनिक गरिएको छ । बाराको सिमरास्थित होटल श्रेष्ठ रेसिडेन्सीमा आयोजित कार्यक्रम र गायक भट्टराईको अफिसियल युट्युब च्यानलबाट एकसाथ सार्वजनिक गरिएको हो ।

गायक तथा संगीतकार विकास पाण्डेको शब्द र संगीत रहेको गीतको भिडियोमा युवराज केसरी र रितु चौधरीको अभिनय रहेको छ । बाराको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा निर्देशन, छायांकन र सम्पादन विकास गुरुङले गरेका छन् । सिमरास्थित बिएस मेकरका सञ्चालक गुरुङले छायांकन, निर्देशन र सम्पादन गरेको यो पहिलो गीत हो ।

गीतको एरेन्ज अभि अमृत ल्वागनएडिस्नल एरेन्जमेन्ट मुम्बईमा कार्यरत एनएस आर्याले गरेका हुन् । गीतका संगितकार पाण्डेले करिब डेढ महिनादेखिको  मेहनतले सफलता प्राप्त गरेको बताएका छन् । म्युजिक भिडियोमा अटो चालक र एक युवतीबीचको प्रेमलाई देखाउन खोजिएको छ ।

भिडियो सार्वजनिक कार्यक्रमका लागि सिमरा आएका गायक भट्टराईले उत्कृष्ट शब्द र संगीत  रहेका कारण आफूले म त तिम्रै हुँ बोलको गीतका लागि काम गरेको बताए । गायक भट्टराईले उत्कृष्ट टिमकाबीच काम गर्न पाँउदा आफू उत्साहित रहेको बताए ।

भिडियो सार्वजनिक कार्यक्रममा सहभागी गायक कमल के क्षेत्री, भोजपुरी गायक प्रमोद जख्मी, गायक देवेन्द्र कार्की, निर्माता प्रदीप गौतम सहभागी थिए । गायक क्षेत्रीले उत्कृष्ट शब्द, संगीत, छायांकन र निर्देशनले गीत हेर्न र सुन्नलायक बनेको प्रतिक्रिया दिए ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ११ : ४४ बजे

केही भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी – चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर)

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ – रसुवामा भदौ १० गते गएको विपद्पछि हिमाली जिल्ला

इंग्लिस प्रिमियर लिग: ब्राइटनसँग स्तब्ध बन्यो साबिक विजेता आर्सनल, ३-० को हार

काठमाडौँ – प्रिमियर लिगको साबिक विजेता आर्सनल यस सिजनकै पहिलो

चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन पक्राउ

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट