बिरामीको चाप बढेसँगै अस्पतालमा आकस्मिक सेवा विस्तार | Khabarhub Khabarhub

बिरामीको चाप बढेसँगै अस्पतालमा आकस्मिक सेवा विस्तार


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

मलेखु– दिनहुँ बिरामीको चाप बढेसँगै धादिङ अस्पतालले आकस्मिक कक्षको सेवा विस्तार गरेको छ । तीन शय्या क्षमताको आकस्मिक कक्षलाई शनिबारबाट १२ शय्यामा विस्तार गरिएको हो ।

आकस्मिक कक्ष सञ्चालन हुँदै आएका साना-साना कोठालाई पुनःनिर्माण गरेर एउटै कोठाबाट १२ शय्याको सुविधासम्पन्न आकस्मिक कक्ष सञ्चालन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले जानकारी दिए । डा दिनेश रेग्मीलाई आकस्मिक शाखाको जिम्मेवारी तोकी दुई चिकित्सक, मेडिकल अधिकृत र स्टाफ नर्सहरूले २४ सै घण्टा सेवा उपलब्ध गराउने पनि अध्यक्ष धमलाले बताए ।

हाल अस्पतालमा बिरामीको चाप पनि अत्यधिक छ । ५० शय्या क्षमताको धादिङ अस्पतालमा अहिले ७५ बिरामी उपचाररत छन् । आकस्मिक कक्षमा दैनिक ४० जनाको हाराहारीमा बिरामी आइपुग्ने गरेका छन् । दुर्घटनाका बिरामी, भाइरल ज्वरोलगायतका बिरामी धेरैजसो आकस्मिक कक्षमा आउने गरेको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिए । 

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  १२ : १९ बजे

गलकोटका किसान भन्छन्- ट्र्याक्टरले माथिमाथि जोत्दा उत्पादनमा समस्या भयो, गोरुले नै जोत्न थाल्यौँ

गलकोट– सङ्घीयतापछि स्थानीय सरकारले कृषि आधुनिकीकरणका नाममा धमाधम हाते ट्र्याक्टर

मधेस प्रदेश : सरकार टिकाउने र ढाल्ने कसरतमा दलहरू, सजिलो छैन दुवै पक्षलाई

जनकपुरधाम– मधेश प्रदेशमा सरकार टिकाउन र ढाल्न राजनीतिक कसरत तीव्र

१३ अंकले बढ्यो शेयर बजार, ४ अर्ब माथिको कारोबार 

काठमाडौं– साताको पहिलो कारोबारको दिन आइतबार आज नेप्से परिसूचक १३

राष्ट्रियसभा बैठक : बजेटको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले मुलुकको आवश्यकतालाई ख्याल गरेर आगामी

अर्थमन्त्रीलाई सत्तारुढ सांसदकै सुझाव : गरिबले पनि बजेट आएको महसुस गरून्

काठमाडौं – सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का सांसद् एवम् पूर्व