बिरामीको चाप बढेसँगै अस्पतालमा आकस्मिक सेवा विस्तार « Khabarhub

बिरामीको चाप बढेसँगै अस्पतालमा आकस्मिक सेवा विस्तार


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

मलेखु– दिनहुँ बिरामीको चाप बढेसँगै धादिङ अस्पतालले आकस्मिक कक्षको सेवा विस्तार गरेको छ । तीन शय्या क्षमताको आकस्मिक कक्षलाई शनिबारबाट १२ शय्यामा विस्तार गरिएको हो ।

आकस्मिक कक्ष सञ्चालन हुँदै आएका साना-साना कोठालाई पुनःनिर्माण गरेर एउटै कोठाबाट १२ शय्याको सुविधासम्पन्न आकस्मिक कक्ष सञ्चालन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले जानकारी दिए । डा दिनेश रेग्मीलाई आकस्मिक शाखाको जिम्मेवारी तोकी दुई चिकित्सक, मेडिकल अधिकृत र स्टाफ नर्सहरूले २४ सै घण्टा सेवा उपलब्ध गराउने पनि अध्यक्ष धमलाले बताए ।

हाल अस्पतालमा बिरामीको चाप पनि अत्यधिक छ । ५० शय्या क्षमताको धादिङ अस्पतालमा अहिले ७५ बिरामी उपचाररत छन् । आकस्मिक कक्षमा दैनिक ४० जनाको हाराहारीमा बिरामी आइपुग्ने गरेका छन् । दुर्घटनाका बिरामी, भाइरल ज्वरोलगायतका बिरामी धेरैजसो आकस्मिक कक्षमा आउने गरेको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिए । 

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  १२ : १९ बजे

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।