प्रतिनिधिसभाको बैठक स्थगित « Khabarhub

प्रतिनिधिसभाको बैठक स्थगित


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको आजका लागि तोकिएको बैठक यही भदौ २९ गतेका सरेको छ । आज दिउँसो १ बजे बस्ने तय भएको संघीय संसद्, प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको हो । 

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले आज सूचना जारी गर्दै  बैठक विशेष कारणवश बस्न नसक्ने जानकारी दिए । ‘भदौ २५ गते शनिबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले बैठक बस्ने दिन र समय परिवर्तन भएको सूचना प्रकाशित गरिएको छ’ सूचनामा उल्लेख छ । 

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम उक्त बैठक भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने तय गरिएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  १२ : ३३ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते