दिउसो १ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

दिउसो १ बजेसम्मका मुख्य १० समाचार


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

१. दार्चुलामा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ५ पुग्यो

दार्चुलामा अविरल वर्षापछि आएको पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ । बेपत्ता भएका मध्ये पाँच जनाको शव भेटिएको हो । नौगाड गाउँपालिकामा तीन र महाकाली नगरपालिकामा दुई गरेर पाँच जनाको शव भेटिएको छ भने ७ जना अझै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक जगत गाहा मगरले नौगाड गाउँपालिका-२ बस्ने १५ वर्षीया धनुली ठगुन्ना, ३२ वर्षीया जानकी ठगुन्ना र ६८ वर्षीय मोहनराम पार्कीको शव भेटिएको जानकारी दिए ।

त्यस्तै महाकाली नगरपालिका-१ सल्ला बस्ने ४३ वर्षीया मानमती कार्की र २ बस्ने ७७ वर्षीय नन्दराम बोहराको पनि शव भेटिएको छ ।

२. ‘दुई वर्ष दल टिकाउन नसक्नेले देशको विकास गर्ने सम्भव छैन’ 

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुई वर्ष पनि दल टिकाउन नसक्नेहरूले देशको विकास गर्ने कुरा सम्भव नरहेको बताएका छन्  । आज बानेश्वरमा कुमाले धारा मर्मत-सम्भार तथा पार्क सौन्दर्यीकरण उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।

सिंहले रविन्द्र मिश्रप्रति इङ्गित गर्दै दुई वर्षसम्म पार्टी टिकाउन नसक्नले देश विकास गर्छु भन्न नहुने बताएका हुन् ।

उनले पार्टी खोल्नु नाङ्लोमा पसल खोलेर चलाउनुजस्तो नभएको भन्दै मिश्रलाई पार्टी टिकाएर देखाउन चुनौती दिए ।

देश विकास गर्न पुराना पार्टी कांग्रेस र कम्युनिस्टलाई पनि गाह्रो परिरहेको बेलामा नयाँ पार्टीले कुनै काम गर्न नसक्ने नेता सिंहले जिकिर गरे ।

३. चोलेन्द्रको बयान लिन महाअभियोग समितिको बैठक बस्दै

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग बयान लिन महाअभियोग सिफारिस समितिको बैठक बस्दै छ । सिंहदरबारमा केहीबेरमा बस्ने बैठकले आजै राणासँगको बयानसमितिको सक्ने तयारी छ ।

समितिले राणासँग आज आज तेस्रो पटक बयान लिन लागेको हो । राणालाई सोध्न समितिले ४३ प्रश्न तयार गरेको थियो । संसद्को अवधि असोज १ गतेसम्म मात्र रहेको छ ।

प्रतिनिधि सभाको कार्यकाल सकिएपछि राणाको महाभियोग के हुने भन्ने अन्योल रहेको छ ।

४. प्रतिनिधि सभाको बैठक बैठक २९ गतेलाई सर्‍यो

प्रतिनिधि सभाको बैठक २९ गतेलाई सरेको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणले बस्न नसक्ने संसद् सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ । आज बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो ।

अर्को बैठक भदौ २९ गते बिहान ११ बजेका लागि तोकिएको छ ।

५. नदीमा बगेर एक जनाको मृत्यु

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको जोगबुडा नदीमा बगेर एक जनाको मृत्यु भएको छ । स्थानीय ५३ वर्षीय रंगलाल वादीको नदीमा बगेर  आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।  

बाढीसंगै बगेर आएका काठ दाउरा संकलन गर्ने क्रममा वादीलाई बगाएको थियो । उनको शव बगेको ठाउँबाट एक किलोमिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहले जानकारी दिए । 

६. सर्पले टोकाइबाट महिलाको मृत्यु

सर्लाहीको हरिवन-११, बालुवाटारमा विषालु सर्पले टोकाइबाट महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय (सर्लाही) का अनुसार सर्पको टोकाइबाट स्थानीय ३५ वर्षीया श्यामकुमारी महतोको मृत्यु भएको हो ।

स्थानीय भीमप्रसाद दाहालको निर्माणधीन घरमा ठेकदारसँग काम गर्न गएका बेला महतोलाई  हिजो दिउँसो गोमन सर्पले टोकेको थियो ।  

७. अझै केही दिन वर्षा हुने

जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन वर्षा हुने जनाएको छ । मौसमविद् वरुण पौडेलले आगामी सोमबारदेखि मनसुन थप सक्रिय हुने जानकारी दिए ।

उनले हाल लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको पनि बताए ।

भोलि देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

८. अस्पताल भवनको निर्माणकार्य अलपत्र

म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा निर्माण थालिएको पालिकास्तरीय अस्पतालको भवन अलपत्र परेको छ । निर्माण सकिनुपर्ने समयमा एक चौथाइमात्र निर्माणको काम भएको छ ।

भौगोलिक विकटता र निर्माण सामग्री ढुवानीमा समस्याका साथै व्यवसायीले उपकरण र मजदुर परिचालन गर्न नसक्दा भवन निर्माणको काम आठ महिनायता अगाडि बढ्न सकेको छैन । सम्झौताअनुसार २०७९ असार १५ गतेभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । 

९. उत्तर कोरियाको आणविक अडान ‘शान्तिको लागि खतरा’

फ्रान्सले  उत्तर कोरियाको आणविक अडान ‘शान्तिको लागि खतरा’ भएको   जनाएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले उत्तर कोरियाको आणविक हमलाको तयारीलाई ‘अन्तर्राष्ट्रिय तथा क्षेत्रीय शान्ति र सुरक्षाको लागि खतरा’ भएको जिकिर गरेका हुन् ।  

उत्तर कोरियाले हिजो  आफूलाई आणविक हतियार सम्पन्न राष्ट्र घोषणा गरेको थियो  । त्यसअघि उसले आफूलाई आणविक हतियार सम्पन्न राष्ट्र घोषणा गर्ने कानुन पारित गरेको थियो ।

१०. युएस ओपन टेनिसको उपाधिका लागि स्पेनका कार्लोस र नर्वेकारुड भिड्ने

युएस ओपन टेनिसको पुरुषतर्फको उपाधिका लागि स्पेनका कार्लोस अल्काराज र नर्वेका कास्पर रुड भिड्ने भएका छन्  ।

न्युयोर्कमा आज  भएको दोस्रो सेमिफाइनलमा कार्लोसले अमेरिकी खेलाडी फ्रान्सेस तियाफोईलाई पराजित गर्दै रुडसँगको भेट पक्का गरे ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  १ : २७ बजे

जर्मनीलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा

काठमाडौं – स्पेन १७ औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

कल्भर्ट भत्किँदा च्यापिएर एकजनाको मृत्यु

जुम्ला – यहाँको पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठूलो खोलामा पुरानो

स्पेनविरुद्ध जर्मनी : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप अन्तर्गतको पहिलो क्वाटरफाइनल

अब बन्ने सरकारलाई असफल हुने छुट छैन : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौं फैसला कार्यान्वयन अन्तर्गत लेनदेन