अनुदानको रकम नपाउदा उखु किसान मर्कामा « Khabarhub

अनुदानको रकम नपाउदा उखु किसान मर्कामा


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीका उखु किसानले समयमै अनुदानको रकम पाउन नसक्दा मर्कामा परेका छन् । जिल्लामा एकमात्र नगदे बालीको उखुखेती लामो समयदेखि गर्दै आएका किसानलाई सरकारले अनुदान दिने घोषणा गरे पनि राज्यबाट पाउनुपर्ने अनुदान रकम समयमा सरकारले भुक्तानी नपठाउँदा किसान मर्कामा परेका हुन् ।

जिल्लामा सञ्चालित केही उद्योगले किसानलाई उखु खरिद गरेको रकम भुक्तानी दिएको भए पनि केही उद्योगले किसानको उखु खरिदबापतको रकम नदिएको भन्दै जिल्लाका किसान आन्दोलनमा जानुपरेको थियो । आन्दोलित किसानका माग पूरा गर्न प्रशासनको पहलमा केही रकम भुक्तानी भएको जिल्लाका उखु उत्पादक किसान रामेश्वर महतोले बताए । उनका अनुसार जिल्लाका केही उद्योगले किसानको रकम समयमै भुक्तानी गरे पनि केही उद्योगले रकम भुक्तानी नगर्दा आफूहरूले पटक/पटक आन्दोलन गर्नुपरेको बताए ।

उद्योगहरूले दिने रकम किसानको आन्दोलन, सरोकारवाला निकायको पहलबाट रकम उठ्ने क्रम जारी रहेको भए पनि सरकारले दिने अनुदान रकम नपाउँदा आफूहरू मारमा परेको उखु उत्पादक किसान रामकेशव साहले बताए । गत वर्ष उखु बेचेका उखु किसानले हालसम्म पनि अनुदान रकम भुक्तानी नपाउँदा घर-व्यवहार चलाउन गाह्रो भएको जिल्लाका किसानको गुनासो छ ।

नेपाल सरकारले दिने भनेको अनुदानको रकमसमेत समयमा उपलब्ध नगराउँदा किसानलाई मल तथा उखुखेतीका लागि आवश्यक सामग्री बजारबाट खरिद गर्न समस्या परेको नेपाल उखु उत्पादक संघको केन्द्रीय अध्यक्ष कपिलमुनी मैनाली बताउँछन् ।

गत आर्थिक वर्षका लागि नेपाल सरकारले उद्योग र किसान प्रतिनिधिबीच भएको सहमतिअनुसार उद्योगले प्रतिक्विन्टल पाँच सय २० र नेपाल सरकारले  ७० अनुदान रकम दिने सहमति भएको तर रकम पाउन नसकेको उखु किसान राजकुमार उप्रेतीले बताए ।

यता चिनी उद्योगीले समयमा किसानको उखु बिक्रीको तथ्यांक उपलब्ध नगराएकाले किसानको खातामा पैसा पठाउन नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीका प्रमुख कोष नियन्त्रक जीवन पुरीले बताए । उनले उद्योगीलाई चाँडै किसानले उखु बिक्रीको तथ्यांक पठाउन ताकेता गरिएको र उद्योगले तथ्यांक पठाएलगत्तै अनुदान रकम पठाउने प्रक्रिया अघि बढाइने बताए ।

जिल्लामा तीनवटा उखु मिल रहेका छन् । जसमा इन्दुशङ्कर चिनी उद्योग हरिवनले सबै रकम भुक्तानी गरिसकेको छ भने महालक्ष्मी सुगर मिल र धनकौल सुगर मिलले भुक्तानी गर्न बाँकी नै रहेको छ ।


प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  १ : ३२ बजे

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी

रूपपुर आणविक इन्धन ढुवानीमा पाकिस्तानले अनुमति नदिँदा अवरोध

ढाका- बङ्गलादेशको रूपपुर आणविक ऊर्जा केन्द्रका लागि युरेनियम इन्धन बोकेको विमानलाई

बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न बागमतीका मुख्यमन्त्रीको निर्देशन

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले चालु आर्थिक वर्षको नीति, कार्यक्रम

सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली

काठमाडौं– नेपाल सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई छरितो, पारदर्शी र