‘ओली नेतृत्वको सरकारका कारण संघीयतामाथि नै प्रश्न उठिरहेको छ’ « Khabarhub

‘ओली नेतृत्वको सरकारका कारण संघीयतामाथि नै प्रश्न उठिरहेको छ’


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका कारण संघीयतामाथि नै प्रश्न उठिरहेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौँ महानगरपालिका वडा नं १० मा निर्माण सम्पन्न भएकाे कुमाले धारा तथा पार्क उद्घाटन कार्यक्रममा  बोल्दै उनले ओली नेतृत्वको सरकारले समयमा कानुन बनाएर दिनुपर्ने अधिकार नदिएका कारण स्थानीय र प्रदेश सरकारमाथि प्रश्न उठेको दाबी गरे ।  कार्यक्रममा उनले राजनीति दल खोल्नु नाङ्लो पसल राख्नु जस्तो नभएको पनि बताए । नयाँ दल खोलेर परिवर्तन गर्छु भन्नेको हालत के छ भनेर प्रश्न गर्न सर्वसाधारणलाई आग्रह समेत गरे । 

कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का सांसद समेत रहेका सिंहले बुद्धि भएका र काम गर्न सक्ने जनशक्ति विदेशिनबाट रोक्नु पर्ने बताए । उनले त्यसका लागि हरेक निर्वाचन क्षेत्रमा सीपमूलक तालिम केन्द्र खोल्न जोड दिए ।

नेता सिंहले ट्रयाकबाट बाहिर गएको मुलुकलाई ट्रयाकमा ल्याउने काम कांग्रेस गठबन्धनको सरकारले गरिरहेको उल्लेख पनि गरे । आगामी निर्वाचनमा जितेर कांग्रेसले देशमा राजनीतिक स्थायित्व कायम गरी सम्पन्नताको अभियान सुरु गर्ने समेत बताए ।

कार्यक्रममा उनले अहिलेको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने प्रणाली मात्रै भइरहेको पनि बताए । उनले भने, ‘शिक्षाको नीति र प्रणालीमा परिवर्तन गर्न जरुरी छ । शिक्षासँगै सीप दिने कामको विकास गर्न आवश्यक छ ।’

नेता सिंहले हरेक वडा कार्यालयमा बोर्ड मात्रै नभइ व्यवस्थित स्वास्थ्य संस्थाको रुपमा  विकास गर्नुपर्ने, देशभरका वडा कार्यालयका क्लिनिकहरूमा प्राथमिक उपचार गर्नेगरी कम्तिमा एक डाक्टर व्यवस्था गर्नु पर्ने पनि बताए ।  कार्यक्रम मा बागमती प्रदेश का पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठले समेत विकास निर्माणका प्रयासहरुका बारेमा आफ्नो धारणा व्यक्त गरेका थिए ।

नेता सिंहले आफूले पैसा कमाउन, नाम कमाउन नभइ सेवाका लागि राजनीति गरेको बताएका छन् । भारी मतले विजय गराए देश हाँक्ने क्षमता आफूमा रहेको उनको भनाई थियो।

 

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  २ : ०८ बजे

सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं – गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ)का ६ जना

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौ – केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

भीषण कन्स्ट्रक्सनका सञ्चालक टंककुमार पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भीषण कन्स्ट्रक्सनका सञ्चालक

निजामती विधेयकको मस्यौदा : मिश्रित संरचना, दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौं – सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव