वाणी–बंक बजारमा सडक बत्तीसँगै सिसिटिभी क्यामेरा जडान « Khabarhub

वाणी–बंक बजारमा सडक बत्तीसँगै सिसिटिभी क्यामेरा जडान


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कृष्णपुर नगरपालिका– २ वाणी र बंक बजारमा सडक बत्ती जडान गर्न थालिएको छ । बजार क्षेत्रमा जडान भई बिग्रिएका सौर्य बत्ती मर्मतसँगै नयाँ सेन्सरयुक्त सडक बत्ती जडान गर्न थालिएको हो। ‘बजार क्षेत्रमा रहेका सातभन्दा बढी सौर्य बत्ती बिग्रिएको अवस्थामा थिए’, वडाध्यक्ष अर्जुन साउँदले भने , ‘बिग्रिएका बत्ती मर्मत गरिरहेका छौँ, बजार क्षेत्रसँगै ग्रामीण क्षेत्रमा जाने सडकका मुख्य चोकमा सेन्सरयुक्त बत्ती जडानको कार्य अगाडि बढाएका छौँ ।’ वडाको पूर्वपश्चिम राजमार्गसँग जोडिएका क्षेत्रमा बत्ती जडान गरिएको उनले जानकारी दिए । ‘बजार क्षेत्रमा सडक बत्ती नहुँदा सडक दुर्घटनाका  बढ्दै गएका थिए, चोरीलगायत अवाञ्छित कार्यहरूसमेत भएका थिए, ती कार्य रोक्नका लागि बत्ती जडानमा जोड दिएका छौँ’, उनले भने , ‘बत्तीको व्यवस्थाले बजार क्षेत्रमा रातिका बेला स्थानीय बासिन्दालाई निर्धक्कसँग हिँड्डुल गर्न सहज हुन्छ ।’

आवश्यकता र मागका आधारमा वडाको ग्रामीण क्षेत्र र बजार क्षेत्रमा नयाँ सौर्य बत्तीसँगै सडक बत्ती जोड्ने कार्यक्रम रहेको उनले जानकारी दिए। बजार क्षेत्रमा मात्रै एक सय ५० वटा सेन्सरयुक्त बत्ती जडान गर्ने योजना रहेको छ । 

  वाणी र बङ्क बजारमा आपराधिक गतिविधि नियन्त्रणका लागि २० वटा सिसिटिभी क्यामेरा जडान गर्न लागिएको छ  । आपराधिक गतिविधि हुन सक्ने सम्भावित क्षेत्र, बढी दुर्घटना हुने संवेदनशील क्षेत्र र ट्राफिकको समस्या हुने सडक क्षेत्रमा सिसिटिभी क्यामेरा जडान भइरहेको वडाध्यक्ष साउदले बताए । बजार क्षेत्रमा जडान भइरहेको सिसिटिभी क्यामेराको कन्ट्रोल कक्ष अस्थायी प्रहरी पोष्ट वाणीमा राखिएको छ । 

सडक बत्ती र सिसिटिभी क्यामेरा जडानका लागि नगरपालिका र वडा कार्यालयले आवश्यक बजेटको व्यवस्था गरेको छ । दुवै बजार व्यवस्थापन समितिले सो कार्यका लागि समन्वय गरेका छन् । यसअघि वाणी बजारमा रहेका अव्यवस्थित खोपा छाप्रालाई हटाई बजार क्षेत्रमा सरसफाइ गरिएको थियो । सडक छोपिने गरी राखिएका खोका छाप्रा हटाइएपछि सडक दुर्घटना हुने क्रममा कमी आउना साथै बजारको सौन्दर्यमा टेवा पुगेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ४ : ३८ बजे

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी

रूपपुर आणविक इन्धन ढुवानीमा पाकिस्तानले अनुमति नदिँदा अवरोध

ढाका- बङ्गलादेशको रूपपुर आणविक ऊर्जा केन्द्रका लागि युरेनियम इन्धन बोकेको विमानलाई

बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न बागमतीका मुख्यमन्त्रीको निर्देशन

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले चालु आर्थिक वर्षको नीति, कार्यक्रम

सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली

काठमाडौं– नेपाल सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई छरितो, पारदर्शी र