विकास निर्माणमा सङ्घसंस्थाको महत्वपूर्ण भूमिका : मन्त्री थापा « Khabarhub

विकास निर्माणमा सङ्घसंस्थाको महत्वपूर्ण भूमिका : मन्त्री थापा


२५ भदौ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभामन्त्री विन्दुकुमार थापाले स्थानीय विकास निर्माणमा सामाजिक सङ्घसंस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । 

पोखरा महानगरपालिका–८ वगालेटोलमा स्थानीय सक्रियतामा ८५ लाखको लागतमा निर्माण सम्पन्न गरिएको तीनतल्ले बहुद्देश्यीय सामुदायिक भवनको आज उद्घाटन गर्दै उनले भवन समाजका सम्पूर्ण जातजातिका लागि बहुपयोगी बन्ने विश्वास व्यक्त गरे ।

विकास निर्माणका लागि प्रदेश सरकार समाजिक सङ्घसंस्थासँग समन्वय र सहकार्यका आधारमा साझेदारी गरेर अघि बढ्न प्रतिबद्ध रहेको बताउँदै उनले सामुदायिक भवन आयआर्जनको माध्यम बन्नुपर्ने आवश्यकता औँल्याए ।

विपद्को अवस्थामा उपयोगी बन्ने खुल्ला जग्गाको संरक्षणमा स्थानीय समुदायले ध्यान दिनुपर्नेमा जोड दिँदै मन्त्री थापाले शान्तिघाटस्थित शवदाहस्थललाई सञ्चालन गर्न आवश्यक पहल गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २५ भदौ २०७९, शनिबार  ४ : ५७ बजे

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान सुरु

टोकियो– जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा