सहिदहरूले देखाएको बाटो मार्गनिर्देशन : अध्यक्ष यादव « Khabarhub

सहिदहरूले देखाएको बाटो मार्गनिर्देशन : अध्यक्ष यादव


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

धनुषा– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सहिदहरूले देखाएको सहादतबाट प्राप्त संघीयता र समावेशितालगायतका मुद्दा संस्थागत गर्ने जिम्मा आफूहरूको काँधमा रहेको बताएका छन् । 

जसपाका जनकपुरधाम उपमहानगर समितिले मुजेलियास्थित सहिदद्वारमा आयोजित श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्दै उनले संघीयता र समावेशितालगायतका मुद्दा संस्थागत गर्न कहिल्यै कदम पछाडि नहटाउने प्रतिबद्धतासमेत व्यक्त गरे । मुलुकमा विभेदविरुद्धको लडाइँ अझै जारी रहेको उल्लेख गर्दै अध्यक्ष यादवले सहिदहरूले देखाएको बाटो आफूहरूको मार्गनिर्देशन रहेको उल्लेख गरे ।

मधेस आन्दोनलका क्रममा विसं २०७२ भदौ २५ गते चलु जनकपुर भरु जनकपुर कार्यक्रमअन्तर्गत प्रहरीको गोली लागि सहादत प्राप्त गरेका सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । विसं २०७२ भदौ २५ कै दिन जनकपुरधाममा प्रहरीको गोली लागि सञ्जय चौधरी, दिलीप यादव र नितु यादवको मृत्यु भएको थियो ।

उनीहरूको स्मृतिमा जनकपुरधाम उपमहानगरले निर्माण गरेको सहिदगेट पुगेर अध्यक्ष यादवले सहिदहरूको प्रतिमामा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् । जसपा जनकपुरधाम उपमहानगर समितिका अध्यक्ष विष्णुदेव साहको अध्यक्षतामा मुजेलियास्थित सहिदद्वारमा आयोजित श्रद्धाञ्जलीसभामा राजनीति समिति सदस्य लालकिशोर साह, केन्द्रीय सदस्य एवं प्रदेश सरकारका राज्यमन्त्री योगेन्द्रराय यादव, प्रदेश सरकारको पूर्वआन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादव, वडाध्यक्ष पुण्यप्रताप यादवसहितका वक्ताहरूले सम्बोधन गरेका थिए । 

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ५ : ३२ बजे

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी

रूपपुर आणविक इन्धन ढुवानीमा पाकिस्तानले अनुमति नदिँदा अवरोध

ढाका- बङ्गलादेशको रूपपुर आणविक ऊर्जा केन्द्रका लागि युरेनियम इन्धन बोकेको विमानलाई

बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न बागमतीका मुख्यमन्त्रीको निर्देशन

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले चालु आर्थिक वर्षको नीति, कार्यक्रम

सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली

काठमाडौं– नेपाल सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई छरितो, पारदर्शी र