सहिदहरूले देखाएको बाटो मार्गनिर्देशन : अध्यक्ष यादव « Khabarhub

सहिदहरूले देखाएको बाटो मार्गनिर्देशन : अध्यक्ष यादव


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

धनुषा– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सहिदहरूले देखाएको सहादतबाट प्राप्त संघीयता र समावेशितालगायतका मुद्दा संस्थागत गर्ने जिम्मा आफूहरूको काँधमा रहेको बताएका छन् । 

जसपाका जनकपुरधाम उपमहानगर समितिले मुजेलियास्थित सहिदद्वारमा आयोजित श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्दै उनले संघीयता र समावेशितालगायतका मुद्दा संस्थागत गर्न कहिल्यै कदम पछाडि नहटाउने प्रतिबद्धतासमेत व्यक्त गरे । मुलुकमा विभेदविरुद्धको लडाइँ अझै जारी रहेको उल्लेख गर्दै अध्यक्ष यादवले सहिदहरूले देखाएको बाटो आफूहरूको मार्गनिर्देशन रहेको उल्लेख गरे ।

मधेस आन्दोनलका क्रममा विसं २०७२ भदौ २५ गते चलु जनकपुर भरु जनकपुर कार्यक्रमअन्तर्गत प्रहरीको गोली लागि सहादत प्राप्त गरेका सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । विसं २०७२ भदौ २५ कै दिन जनकपुरधाममा प्रहरीको गोली लागि सञ्जय चौधरी, दिलीप यादव र नितु यादवको मृत्यु भएको थियो ।

उनीहरूको स्मृतिमा जनकपुरधाम उपमहानगरले निर्माण गरेको सहिदगेट पुगेर अध्यक्ष यादवले सहिदहरूको प्रतिमामा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् । जसपा जनकपुरधाम उपमहानगर समितिका अध्यक्ष विष्णुदेव साहको अध्यक्षतामा मुजेलियास्थित सहिदद्वारमा आयोजित श्रद्धाञ्जलीसभामा राजनीति समिति सदस्य लालकिशोर साह, केन्द्रीय सदस्य एवं प्रदेश सरकारका राज्यमन्त्री योगेन्द्रराय यादव, प्रदेश सरकारको पूर्वआन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादव, वडाध्यक्ष पुण्यप्रताप यादवसहितका वक्ताहरूले सम्बोधन गरेका थिए । 

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ५ : ३२ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते