सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी | Khabarhub Khabarhub

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्ता गठबन्धनका शीर्ष नेताहरू सिट बाँडफाँड टुङ्ग्याउन छलफलमा जुटेका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सत्ता गठबन्धन दलका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।

आगामी निर्वाचनमा जाँदा कुन दलले कति सिट लिने भन्ने विषय टुङ्गोमा पुर्‍याउन नेताहरू छलफलमा जुटेका हुन् । सिट बाँडफाँट टुङ्ग्याउन गठन भएको कार्यदलले अधुरो प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाएपछि शीर्ष नेताहरू पछिल्ला दिनमा निरन्तर छलफलमा जुटिरहेका छन् ।

आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको चुनावमा तालमेल गर्ने सहमति गरेअनुसार सिटको भागबन्डा मिलाउन सिटौलाको नेतृत्वमा ११ सदस्यीय कार्यदल बनेको थियो । 

कार्यदलले दर्जनौँ पटक छलफल गरे तापनि सिट बाँडफाँडका नटुङ्गिएपछि अधुरो प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाएको थियो । 

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ५ : ५९ बजे

प्रधानमन्त्री ओली र पाकिस्तानका राजदूत हस्मीबीच भेट

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत

१४ दलको दशा : ०८४ को भवितव्य

काठमाडौं – आदरणीय पाठकवृन्द ! तीन वर्षपछि आउने आम निर्वाचनबारे

सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब, साँवा ब्याज भुक्तानीमा खर्च बढ्दै 

काठमाडौं – सार्वजनिक ऋणको दायित्व बर्सेनि वृद्धि भएसँगै उक्त ऋणको

राज्य व्यवस्था समितिबाट पनि निलम्बन गरियो रविलाई

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संघीय सांसदपछि राज्य व्यवस्था

बाँकेका तीन उद्योगविरुद्ध मुद्दा दायर

नेपालगञ्ज – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले यसवर्ष