द्वन्द्वपीडितको उपचारका सहजीकरण गर्ने छौं : भट्ट « Khabarhub

द्वन्द्वपीडितको उपचारका सहजीकरण गर्ने छौं : भट्ट


२५ भदौ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

डोटी – अखिल क्रान्तिकारी जिल्ला कमिटी डोटीले सहिद स्मृति आवासीय माद्यामिक विद्यालय राजपुरमा विद्यार्थीको स्वास्थ्य परीक्षणका लागि वृहत् स्वास्थ्य शिविरको आयोजना गरेको छ । जिल्ला अस्पताल डोटीको सहयोगमा स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

दश वर्षे जनयुद्धमा घाइते, बेपत्ता तथा सहादत प्राप्त परिवारका सदस्य, गरिब, दलित पिछडा वर्गका छोराछोरी अध्ययन गर्ने उक्त विद्यालयमा विद्यार्थीको स्वास्थ्यवस्था बुझ्न शिविरको आयोजना गरिएको बताइएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नीराजन श्रेष्ठको नेतृत्वमा नाक कान, घाँटी सर्जन, डेन्टल सर्जन तथा जनरल फिजिसियनको टोली खटिएको थियो ।

टोलीमा डाक्टर डबल बुढा, मेडिकल अफिसर प्रकाश ठकुल्ला, सिनियर डेन्टिस्ट विनोट भट्ट, वरिष्ठ एनेसथेसिया एसिस्टेन्ट चुडामणि पन्त, सिनियर अहेव प्रेम बोगटीलगायत ल्यावको टोली खटिएको थियो ।

युद्धपछि मुलुक शान्तिप्रक्रियामा गएको अवस्थामा समाजमा सबैसँग सहकार्य गरेर जानु अहिलेको प्रमुख आवश्यकता रहेको कार्यक्रमका प्रमुख अतिथि एवं सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका सदस्य डिल्लीराज भट्टले बताए । विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै भट्टले भने, ‘तपाईंहरू पीडाबाट गुज्रिएर समाजमा संघर्ष गरिरहनु भएको छ । अध्ययन गरिरहनु भएको छ । तपाईंहरूले आफ्नो परिवारको सपना साकार पार्नुपर्छ ।’

उनले डोटी अस्पतालले पनि गुणस्तरीय सेवा प्रदान गर्दै आएको बताएका थिए । त्यहाँ उपचार सम्भव नभएका द्वन्द्वपीडित परिवारको सेती प्रादेशिक अस्पतालमा रेफर गर्दा अस्पतालले उचित सहयोगका साथ स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए ।

अखिल क्रान्तिकारी जिल्ला कमिटी अध्यक्ष प्रकाश जोशीले शिविरबाट २५० जना लाभान्वित भएको बताए । उनले आगामी दिनमा पनि आफूहरूले यस्ता कार्यक्रम गर्दै जाने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : २५ भदौ २०७९, शनिबार  ७ : २० बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई