सत्ता गठबन्धनमा सिट बाँडफाँडबारे जुटेन सहमति, भोलि फेरि बैठक बस्ने « Khabarhub

सत्ता गठबन्धनमा सिट बाँडफाँडबारे जुटेन सहमति, भोलि फेरि बैठक बस्ने


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्तारुढ दलका शीर्ष नेताको निर्णयक भनिएको छलफल निष्कर्षविहीन भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सिट संख्या टुंगो लगाउन असफल भएको हो । बैठक भोलि बिहान पुन बस्ने नेताहरुले बताएका छन् ।

आजको बैठकमा कार्यदलले बुझाएको अपुरो प्रतिवेदनमाथि शीर्ष नेताहरुले छलफल गरेका थिए । तर, सिट बाँडफाँटको विषयमा कुनै उपलब्धी भएन ।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल व्यस्त भएको भन्दै शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक शनिबारसम्मलाई स्थगित भएको थियो।

गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् । सबै दलहरू आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा समस्या भइरहेको नेताहरूको भनाइ छ ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ८ : ३६ बजे

भ्रमणको तेस्रो दिन प्रधानमन्त्री प्रचण्ड इन्दौर प्रस्थान

नयाँ दिल्ली – भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल

भारतसँग ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री प्रचण्ड

नयाँ दिल्ली – भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

रूसको पछिल्लो आक्रमणबाट तीन जनाको मृत्यु, १० घाइते

किभ – रुसले बिहीबार युक्रेनको राजधानी किभमा हवाई आक्रमण गरेको

नारायणहिटी हत्याकाण्डको २२ वर्ष पूरा, वास्तविकता अझै रहस्यमय

काठमाडौँ– तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार

तोकियो तरकारी र फलफूलको मूल्य 

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको