दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू (अडियोसहित)


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज दिनभर सिट बाँडफाँटबारे गठबन्धनमा जुटेन सहमति, सत्ता पक्षले उदण्डता देखाएकाे ओलीकाे आरोप, समानुपातिकमा २० लाख मत पाउने माधव नेपालकाे दाबी, प्रधानमन्त्री बन्ने प्रकाशमानकाे इच्छा, दार्चुलामा बाढी र पहिरोमा परी ५ जनाको मृत्यु लगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

सिट बाँडफाँटबारे गठबन्धनमा जुटेन सहमति

सत्तारुढ दलका शीर्ष नेताको निर्णयक भनिएको छलफल निष्कर्षविहीन भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सिट संख्या टुंगो लगाउन असफल भएको हो । बैठक भोलि बिहान पुन बस्ने नेताहरुले बताएका छन् ।

आजको बैठकमा कार्यदलले बुझाएको अपुरो प्रतिवेदनमाथि शीर्ष नेताहरुले छलफल गरेका थिए । तर, सिट बाँडफाँटको विषयमा कुनै उपलब्धी भएन ।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल व्यस्त भएको भन्दै शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक शनिबारसम्मलाई स्थगित भएको थियो।

गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् । सबै दलहरू आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा समस्या भइरहेको नेताहरूको भनाइ छ ।

गठबन्धनलाई टुट्न दिनु हुँदैन : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धनलाई बचाएर निर्वाचनलाई सफल रुपमा सम्पन्न गर्ने दायित्व आफ्नो भएको बताएका छन्। काठमाडौंमा आज बृहत तरुण भेला उद्घाटन गर्दै खाँणले गठबन्धनलाई कायम राखेर आम निर्वाचन सुनिश्चित र सुरक्षितका साथै शान्ति सुरक्षा सहित सम्पन्न गर्ने दायित्व आफ्नो भएको बताएका हुन्।

उनले अहिले गठबन्धन तोड्ने निर्णय कांग्रेसले नगर्ने भन्दै गठबन्धनको बिषयमा गलत प्रचारका साथ कांग्रेसका कोहि पनि नेताले भाषण गर्न नहुने धारणा राखे ।

त्यस्तै उनले देशका सवै तहमा कांग्रेसका नेता तथा कार्यकर्ताहरु रहेकाले सिट बाँडफाँट गर्दा आफ्नो प्रभाव बढि भएको क्षेत्र नगुमाउने गरि बुद्धिमतापूर्वक कांग्रेसले अडान राख्नुपर्ने बतए । संविधानलाई कार्यान्वयन गराउने प्रमुख दायित्व कांग्रेसको भएकाले सवै दललाई लिएर अघि बढ्ने दायित्व पनि काग्रेसको भएको उनले बताए ।

सत्ता पक्षले उदण्डता देखाएकाे ओलीकाे आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक हुबहु पास गरेर सत्ता पक्षले उदण्डता देखाएको टिप्पणी गरेका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले सत्तापक्षले अहंकारको भाषा बोलेको तर्क गर्दै राष्ट्रपतिले विचारार्थ पठाएका प्रस्तावलाई हुबहु पास गरेको भन्दै आपत्ति जनएका हुन् ।

अध्यक्ष ओलीले आगामी निर्वाचनले देशको भाग्य भविष्य फैसला गर्ने पनि बताए । एमाले लोकतान्त्रिक पार्टी रहेको बताउँदै उहाँले अहिलेको सरकार कसको नीतिमा चल्छ भन्दै प्रश्न गरे ।

समानुपातिकमा २० लाख मत पाउने माधव नेपालकाे दाबी
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा समानुपातिकमा २० लाख मत पाउने दाबी गरेका छन् । मुस्लिम इत्तेहाद सङ्गठन लुम्बिनी प्रदेशको आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले छोटो समयमा एकीकृत समाजवादीले जनताको मन जित्न सफल भएको जिकिर गरे ।

गत वैशाखमा सम्पन्न स्थानीय तहमा १० लाखको हाराहारीमा मत पाएको बताउँदै उनले आगामी निर्वाचनमा दृढताका साथ होमिन पनि आफना नेता तथा कार्यकर्तालाई आग्रह गरे । उनले देशको विकासका लागि पाँच दलीय गठबन्धन बनेकाले गठबन्धनलाई जिताउन सबै लाग्नुपर्ने धारणा राखे ।

कमल थापालाई एमालेको चिन्ता
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेलाई हराउन विदेशीहरू लागेको बताएका छन । राप्रपा नेपालले आज हेटौँडामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले नेकपा एमाले नेतृत्वको सरकारले आफ्नो भू–भाग समेटेर चुच्चे नक्सा निकालेपछि रुष्ट भएको विदेशी शक्तिले एमाले सरकार ढालेको थापाको ठोकुवा गरे ।

कार्यकर्ता भेलामा थापाले राष्ट्रवादी छवि बनाएको एमालेलाई पराजित गर्न ती बाहिरी शक्ति मिलेर मिलेर गठबन्धन निर्माण गरेको दाबी गरे ।

आफू केपी शर्मा ओलीको नेतृत्वको सरकारमा परराष्ट्र मन्त्री भएको समयमा भारत तथा संयुक्त राष्ट्र सङ्घको बैठकमा नाकाबन्दी विरुद्ध कडा रूपमा उभिएको कारण राप्रपालाई समेत बाहिरी शक्तिले तहसनहस गरिदिएको थापाले आरोप समेत लगाए ।

गठबन्धनसंग कुनै सिद्धान्त र गन्तव्य छैन : इश्वर पोखरेल
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिलेको गठबन्धनसंग कुनै सिद्धान्त र गन्तव्य नै नभएको बताका छन ।

एमाले मोरङ–काठमाडौं सम्पर्क मञ्चले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पोखरेलले गठबन्धन एमालेको बिरोध गर्न मात्रै भएको र यसको कुनै सिद्धान्त र गन्तव्य नै नभएको बताएका हुन ।

उनले आगामी निर्वाचनमा गठबन्धनको सवै षडयन्त्रलाई चिर्दै एमालेले बहुमति ल्याउने दावी पनि गरे । अहिलेको तथ्यले प्रतिनिधि सभा र प्रदेश सभामा बहुमत ल्याउने देखिएको उनको भनाई छ ।

प्रधानमन्त्री बन्ने प्रकाशमानकाे इच्छा

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो नेतृत्वमा बनाएको दललाई एक दुई वर्ष टिकाउन नसक्नेहरुले काम गर्न नसक्ने बताएका छन् ।

काठमाडौंको बानेश्वरमा आज कुमाले धारा मर्मत सम्भार उद्घाटन कार्यक्रममा नेता सिंहले पुरानाले केही गर्न सक्दैनन् भनेर आरोप मात्र लगाउनुनै योग्यतको प्रमाण मान्न नसकिने समेत बताए ।

उनले स्वच्छ व्यक्तिलाई र भ्रष्ट व्यक्तिलाई पनि एउटै कोटीमा राखेर मूल्यांकन गर्दा समाजमा राम्रो गर्नेहरु पनि निरुत्साहित हुने बताए ।

उनले आगामी निर्वाचनमा विजयी भएमा प्रधानमन्त्री हुने इच्छा समेत व्यक्त गरे । ‘संसदीय शासन प्रणालीमा पहिले सांसद हुनुपर्‍यो । सांसद भइसकेपछि संसदीय दलको नेता हुनुर्‍यो । अनि बल्ल प्रधानमन्त्री हुन्छ,’ उनले भने, ‘भारी मतले जिताउनुस् न, काठमाडौं १ बाट यत्रो जनमत लिएर आएको छ, यसलाई त अब रोक्न सकिंदैन भनेर पार्न सकियो भने मौका आइरहेको छ त्यसको लागि सोच्नुपर्‍यो ।’

दार्चुलामा बाढी र पहिरोमा परी ५ जनाको मृत्यु
दार्चुलामा बाढी र पहिरोमा परी ५ जनाको मृत्यु भएको छ । अझै १० जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले पुष्टि गरेको छ । नेपाली सेनाको एयर एम्बुलेन्समार्फत पहिरोमा परी गम्भीर घाइते पाँच जनाको उद्धार गरिएको छ बाढी पहिरोबाट संयौं मानिस प्रभावित भएका छन् । घाइतेको उद्धारमा हेलिकप्टर परिचालन गरिएको छ ।

मृत्यु हुनेमा नौगाड गाउँपालिका वडा नम्बर १ सल्लाका ३७ वर्षीया जानकी ठगुन्ना १३ वर्षीया धनुली ठगुन्ना र वडा नम्बर २ का मोहनराम पार्की, महाकाली नगरपालिका–३ डुङुरीका मानमति कार्की र २ का नन्दराम बोहरा रहेका छन् ।

सुर्खेतबाट आएको नेपाली सेनाको एयर एम्बुलेन्समार्फत नौगाड गाउँपालिका–१ सल्लाका गम्भीर घाइते ४५ वर्षीय बिरेन्द्र ठगुन्ना, ४० वर्षीय जयबहादुर ठगुन्ना, ३५ वर्षीया फागुनी ठगुन्ना, सोही ठाउँका ३० वर्षीया रम्भादेवी ठगुन्ना र ३० वर्षीय देवसिंह ठगुन्नालाई उद्धार गरी दार्चुला सदरमुकाम खलंगा ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

गम्भीर घाइते सबैको अहिले जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । गए राति लगातारको वर्षाले जिल्लाका विभिन्न स्थानमा क्षति पुत्याएको छ । दार्चुलाको बाढीपहिरो प्रभावित क्षेत्रमा राहत लिएर मन्त्रीसहितको टोली पुगेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडू, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावल, वनमन्त्री मानबहादुर धामी सहितको टोली बाढी पहिरो प्रभावित क्षेत्रमा गएको हो ।

राजतन्त्र पुनः स्थापनको माग गर्दै धर्ना 
काठमाडौँमा शाही युवा शक्ति नेपालले राजतन्त्र पुनः स्थापनको माग गर्दै धर्ना दिएका छन् । नारायणहिटी दरबार अगाडि आज उनीहरुले राजतन्त्र पुनः स्थापनाको माग गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले गणतान्त्रिक व्यवस्था खारेज गरौँ, राजतन्त्र जिन्दावाद, भ्रष्ट नेता मुर्दावाद लगायतका नारासहित विरोध प्रर्दशन गरेका थिए । उनीहरुले नागरिकता विधेयक अहिले जबरजस्ती ल्याइएको भन्दै नागरिकता विधेयक राष्ट्रघाती भएकोले समर्थन गर्न नसक्ने बताएक थिए । उनीहरुले अहिले विदेशीको इसारामा देश लुट्ने शासन चलिरहेको भन्दै आपत्ति समेत जनाएका थिए ।

थप १ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ७ सय १८ पिसिआर परिक्षणका क्रममा १ सय १२ जना र २ हजार २८ एन्टीजेन परिक्षणका क्रममा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै थप १ सय ३० जना निको भएका छन् । हाल नेपालमा २ हजार ४ सय ३० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ८ : ५६ बजे

दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं – आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

स्वास्थ्य सचिवमा विकास देवकोटाकाे बढुवा

काठमाडौं – स्वास्थ्य सचिवमा विकास देवकोटा बढुवा भएका छन् ।

कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं – सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई

छोराको हत्या अभियोगमा दम्पती पक्राउ

मकवानपुर – छोराको हत्या अभियोगमा यहाँको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित अदुवाबारीका

डिला संग्रौलाकाे प्रश्न : पत्रकार आचारसंहिताको मापन गर्ने क्षेत्राधिकार कसको हो ?

काठमाडौं – नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवि विभागकी संयोजक डा.