उत्तर कोरियाद्वारा दुई ब्यालेस्टिक क्षेप्यास्त्र समुद्रमा प्रक्षेपण « Khabarhub

उत्तर कोरियाद्वारा दुई ब्यालेस्टिक क्षेप्यास्त्र समुद्रमा प्रक्षेपण


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सियोल – आणविक शक्ति सम्पन्न अमेरिकी विमानवाहक पोतले कोरियाली प्रायद्वीपमा संयुक्त अभ्यास सम्पन्न गरेको केही घण्टापछि उत्तर कोरियाले आइतबार बिहानै दुई ब्यालेस्टिक क्षेप्यास्त्र समुद्रमा प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

सियोल, टोकियो र वासिङ्टनले हालैका हप्ताहरूमा संयुक्त नौसैनिक अभ्यासहरू बढाएपछि प्योङयाङ रिसाएको थियो । उत्तर कोरियाले अभ्यासलाई आक्रमणको पूर्वाभ्यासको रूपमा हेर्छ र क्षेप्यास्त्र प्रक्षेपणलाई आवश्यक ‘प्रतिकार’ को रूपमा सही विकल्प मान्छ ।

लामो समयदेखि वार्ता ठप्प भएपछि प्योङयाङले गत साता जापानमाथि मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्दै प्रतिबन्धित हतियार कार्यक्रमलाई दोब्बर बनाएको छ भने अधिकारी र विश्लेषकहरूले अर्को आणविक परीक्षणको तयारी पूरा भएको चेतावनी दिएका छन् ।

दक्षिण कोरियाली सेनाले आइतबार भनेको छ, “ग्रीनवीच समयअनुसार १६ :४८–१६:५८ को १० मिनेटको अन्तरालमा काङवोन प्रान्तको मुनचोन क्षेत्रबाट पूर्वी सागरतर्फ प्रहार गरिएका दुईवटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र फेला परेका छन् ।”

सियोलका ‘ज्वाइन्ट चिफ्स अफ स्टाफ’ले एक विज्ञप्ति जारी गर्दै क्षेप्यास्त्र ‘९० किलोमिटरको उचाईमा करिब ३५० किलोमिटर (२१७ माइल) उडेको’ बताएका छन् ।

टोकियोले पनि क्षेप्यास्त्र प्रक्षेपणको पुष्टि गरेको छ भने तटरक्षक बलले ती क्षेप्यास्त्र जापानको विशेष आर्थिक क्षेत्रभन्दा बाहिर खसेको बताएको छ ।

जापानका वरिष्ठ उप–रक्षामन्त्री तोशिरो इनोले टोकियोले ती क्षेप्यास्त्रको विश्लेषण गरिरहेको बताउँदै तीमध्ये कुनै एक पनडुब्बीबाट प्रक्षेपण हुने ब्यालेस्टिक क्षेप्यास्त्र (एसएलबीएम) हुनसक्ने सम्भावना रहेको बताए ।

सियोलले गत महिना उत्तर कोरियाले एसएलबीएम प्रहार गर्ने तयारी गरिरहेको सङ्केत फेला परेको बताएको थियो ।

अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमान्डले एक विज्ञप्ति जारी गर्दै आफूहरुले आफ्ना सहयोगी र साझेदारसँग नजिकबाट परामर्श गरिरहेको र यो प्रक्षेपणले उत्तर कोरियाको क्षेप्यास्त्र कार्यक्रमको ‘अस्थिर’ प्रकृतिलाई उजागर गरेको जनाएको छ ।

आणविक शक्ति सम्पन्न अमेरिकी विमानवाहक पोतले कोरियाली प्रायद्वीपमा संयुक्त अभ्यास सम्पन्न गरेको केही घण्टापछि उत्तर कोरियाले आइतबार बिहानै दुई ब्यालेस्टिक क्षेप्यास्त्र समुद्रमा प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

सियोल, टोकियो र वासिङ्टनले हालैका हप्ताहरूमा संयुक्त नौसैनिक अभ्यासहरू बढाएपछि प्योङयाङ रिसाएको थियो । उत्तर कोरियाले अभ्यासलाई आक्रमणको पूर्वाभ्यासको रूपमा हेर्छ र क्षेप्यास्त्र प्रक्षेपणलाई आवश्यक ‘प्रतिकार’ को रूपमा सही विकल्प मान्छ ।

लामो समयदेखि वार्ता ठप्प भएपछि प्योङयाङले गत साता जापानमाथि मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्दै प्रतिबन्धित हतियार कार्यक्रमलाई दोब्बर बनाएको छ भने अधिकारी र विश्लेषकहरूले अर्को आणविक परीक्षणको तयारी पूरा भएको चेतावनी दिएका छन् ।

दक्षिण कोरियाली सेनाले आइतबार भनेको छ, “ग्रीनवीच समयअनुसार १६:४८–१६:५८ को १० मिनेटको अन्तरालमा काङवोन प्रान्तको मुनचोन क्षेत्रबाट पूर्वी सागरतर्फ प्रहार गरिएका दुईवटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र फेला परेका छन् ।”

सियोलका ‘ज्वाइन्ट चिफ्स अफ स्टाफ’ले एक विज्ञप्ति जारी गर्दै क्षेप्यास्त्र ‘९० किलोमिटरको उचाईमा करिब ३५० किलोमिटर (२१७ माइल) उडेको’ बताएका छन् ।

टोकियोले पनि क्षेप्यास्त्र प्रक्षेपणको पुष्टि गरेको छ भने तटरक्षक बलले ती क्षेप्यास्त्र जापानको विशेष आर्थिक क्षेत्रभन्दा बाहिर खसेको बताएको छ ।

जापानका वरिष्ठ उप–रक्षामन्त्री तोशिरो इनोले टोकियोले ती क्षेप्यास्त्रको विश्लेषण गरिरहेको बताउँदै तीमध्ये कुनै एक पनडुब्बीबाट प्रक्षेपण हुने ब्यालेस्टिक क्षेप्यास्त्र (एसएलबीएम) हुनसक्ने सम्भावना रहेको बताए ।

सियोलले गत महिना उत्तर कोरियाले एसएलबीएम प्रहार गर्ने तयारी गरिरहेको सङ्केत फेला परेको बताएको थियो ।

अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमान्डले एक विज्ञप्ति जारी गर्दै आफूहरुले आफ्ना सहयोगी र साझेदारसँग नजिकबाट परामर्श गरिरहेको र यो प्रक्षेपणले उत्तर कोरियाको क्षेप्यास्त्र कार्यक्रमको ‘अस्थिर’ प्रकृतिलाई उजागर गरेको जनाएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ६ : १६ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा