रुकुमपूर्वमा २६ जनाको उम्मेदवारी, १४ जना स्वतन्त्र « Khabarhub

रुकुमपूर्वमा २६ जनाको उम्मेदवारी, १४ जना स्वतन्त्र


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

रुकुमपूर्व – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि रुकुमपूर्वबाट २६ जनाको मनोनयन दर्ता भएको छ । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरी सो सङ्ख्यामा मनोनयन दर्ता भएको हो । प्रतिनिधिसभा सदस्य तर्फ छ र प्रदेशसभा सदस्यतर्फ २० जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

जिल्लामा पाँचदलीय गठबन्धनबाट प्रतिनिधिसभामा नेकपा (माओवादी केन्द्र)का पूर्णबहादुर घर्तीले मनोनयन दर्ता गराएका छन् । प्रदेश निर्वाचन क्षेत्र (क)मा माओवादी केन्द्रका तेजबहादुर ओली र प्रदेशसभा (ख) बाट नेपाली कांग्रेसका धनबहादुर केसीले मनोनयन दर्ता गराएका छन् ।

यस्तै नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभामा कैलाशकुमार मल्लको मनोनयन दर्ता भएको छ भने प्रदेशसभातर्फ (क) मा तेजेन्द्र बुढा र (ख) मा भावना बुढाथोकीको मनोनयन परेको छ ।

यस्तै राप्रपाबाट प्रतिनिधिसभामा खिमबहादुर खत्रीको मनोनयन दर्ता हुँदा प्रदेशसभा (ख) मा केशवचन्द समालले मनोनयन दर्ता गराए। निर्वाचन प्रदेशसभा (क) मा भने राप्रपाले उम्मेदवारी उठाएको छैन । यस्तै मङ्गोल नेसनल अर्गनाइजेशनबाट प्रतिनिधिसभामा रतनबहादुर बुढाले उम्मेदवारी दर्ता गराउँदा सो पार्टीबाट प्रदेशसभा (क) मा पुरा पुन र (ख) बाट लेखन बुढाले उम्मेदवारी दर्ता गराएका छन् ।

नेश्नलिस्ट पिपल्स पार्टीबाट प्रतिनिधिसभामा बलबहादुर बुढाले मनोनयन दर्ता गराए । यस्तै १४ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभामामा एक जनाले स्वतन्त्र मनोनयन दर्ता गर्दा प्रदेशसभामा १३ जनाले मनोनयन दर्ता गराएका छन् ।

प्रतिनिधिसभामा चन्द्रराज झाँक्रीले मनोनयन दर्ता गराए । यस्तै प्रदेशसभा (क) मा रामसुर बुढामगर, सङ्गम रोका, सुरुल पुन, कालिप्रसाद रोका, ओमकुमारी शाही, दुतकुमार पुन छन्। यस्तै प्रदेशसभा (ख) बाट गजेन्द्रबहादुर ओली, नरहरि खड्का, भीमबहादुर खड्का, केशव रावल, पूर्णजङ्ग सिंह, दलप्रसाद कामी, सुरेश थापाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ७ : २५ बजे

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

हुम्ला – खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर

केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – आइतबार दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी