सङ्खुवासभाबाट संघीय सांसदका लागि १२ जनाको उम्मेदवारी | Khabarhub Khabarhub

सङ्खुवासभाबाट संघीय सांसदका लागि १२ जनाको उम्मेदवारी


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा – आसन्न निर्वाचनका लागि प्रतिनिधिसभा सदस्यका लागि सङ्खुवासभामा १२ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभा सदस्यका लागि एक निर्वाचन क्षेत्र रहेको सङ्खुवासभामा दुई स्वतन्त्र र १० दलको आइतबार उम्मेदवारी परेको छ ।

प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसका दीपक खड्का, नेकपा (एमाले)का राजेन्द्रप्रसाद गौतम, , राष्ट्रिय स्वतन्त्र पार्टीबाट भक्तनारायण श्रेष्ठ, मङ्गोल नेशनल पार्टीबाट देवेन्द्रकुमार घले र राष्ट्रिय जनमुक्ति पार्टीबाट कृष्णकुमार राईले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट टीकाराम शाही, जनता समाजवादी पार्टीबाट दीपककुमार राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भोलामान कार्की, नेशनलिष्ट पिपल्स पार्टीबाट विनोद घिमिरे र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट राजकुमार लिम्बूले उम्मेदवारी दिए । स्वतन्त्रतर्फ प्रवीन कार्की र तेन्जि भोटियाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत टेकनाथ गौतमले जानकारी दिए ।

प्रदेश सभा (क) मा एक स्वतन्त्रसहित आठ जनाको उम्मेदवारी परेको छ । प्रदेश सभा (क) मा प्रदेश सदस्यका लागि गठबन्धन दलका तर्फबाट नेकपा (माओवादी केन्द्र)बाट राजेन्द्र कार्की, नेकपा (एमाले)बाट भविश्वर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट घामसिंह राई र जनता समाजवादी पार्टी नेपालबाट सीताराम तिम्सिनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रमोद श्रेष्ठ र नेशनलिष्ट पिपल्स पार्टीबाट मिनेशकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। स्वतन्त्रमा वीरेन्द्रकुमार राईले मनोनयन दर्ता गराएका छन्।

प्रदेशसभा (ख) तर्फ स्वतन्त्रसहित १० जनाको उम्मेदवारी परेको छ । गठबन्धन तर्फबाट नेकपा (एकीकृत समाजवादी)का सरिता थापा, एमालेको तर्फबाट बिदुरकुमार लिङ्थेप, मङ्गोल नेशनल पार्टीबाट माया गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट पदमबहादुर जोशीले उम्मेदवारी दर्ता गराए । त्यस्तै जनता समाजवादी पार्टीबाट पूर्ण शेर्पा, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट ङिमारिञ्जी शेर्पा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपालप्रसाद दाहालले उम्मेदावरी दर्ता गराए । प्रदेशसभा (ख) तर्फ मानबहादुर कार्की र प्रेमबहादुर लिम्बूले स्वतन्त्र उम्मेदवारी दर्ता गराए।

जिल्लामा एक लाख १६ हजार पाँच सय ५४ मतदाता छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ७ : ४८ बजे

चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

म्याग्दी- म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७ दशमलव पाँच मेगावाट

चितवन निकुञ्ज वरपर चोरीसिकारी नियन्त्रण गर्न ‘स्पाई क्यामेरा’ जडान

चितवन- चितवन राष्ट्रिय निकुञ्जले सम्भावित चोरी सिकारी नियन्त्रणका लागि ‘स्पाई

पाँचखालका ६ हजार परिवारका घरघरमा खानेपानी

काभ्रेपलाञ्चोक- पाँचखाल नगरपालिकाका ६ हजार परिवारको घरघरमा खानेपानी पुर्‍याइएको छ

श्रीमतीको हत्या अभियोगमा पक्राउ

पर्सा– श्रीमतीको घाँटी थिचेर हत्या गरेको अभियोगमा पर्साको जगरनाथपुर गाउँपालिका–४

सिँचाइ कुलो निर्माणसँगै आकासे पानीको निर्भरता हट्यो 

भोजपुर– भोजपुरको अरुण गाउँपालिकामा निर्माणाधीन आठवटा सिँचाइ कुलोमध्ये चारवटा सम्पन्न