युक्रेनी अर्थतन्त्रमा ३० प्रतिशतले संकुचन « Khabarhub

युक्रेनी अर्थतन्त्रमा ३० प्रतिशतले संकुचन


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

किभ – युक्रेनको अर्थतन्त्र २०२२ को पहिलो तीन त्रैमासिकमा २०२१ को सोही अवधिको तुलनामा करिब ३०% ले संकुचित भएको छ । रुसी हमलाका कारण युक्रेनी जनजीवन अस्तव्यस्त भइरहेका बेला त्यहाँको अर्थतन्त्रमा पनि संकुचन आइरहेको युक्रेनी अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सेप्टेम्बरमा खराब मौसमले उब्जनीमा सुस्त बनाएको, जापोरिज्जिया आणविक उर्जा केन्द्रबाट बिजुली आपूर्तिमा अवरोध आएको विज्ञप्तिमा उल्लेख छ । युक्रेन र रुसले एकअर्कालाई उर्जा केन्द्रमा गोलाबारी गरेको आरोप लगाउँदै आएका छन् ।

तर, निर्यातमा केही सुधार आएको छ । सेप्टेम्बरमा निर्यात २३ प्रतिशतले बढेको छ, जुन फेब्रुवरीमा युद्ध सुरु भएदेखिको उच्चतम स्तरमा पुगेको बताइएको छ । ‘सेप्टेम्बरमा सुधार भयो, तर दुस्मनले युक्रेनी भूभागमा गोलाबारी जारी राख्यो जसका कारण व्यापारिक भवन र लजिस्टिकमा दबाब सिर्जना गर्‍यो’, मन्त्रालयले भनेको छ ।

‘उत्पादन सुविधा, पूर्वाधार र आवासीय भवनको थप विनाश साथै युद्ध कति लामो हुन्छ भन्ने अनिश्चितताले विकासमा बाधा पुर्‍याइरहेको छ र रिकभरी रोकिएको छ’, विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ८ : ५८ बजे

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी– बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । बाढीपहिरोले

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

काठमाडौं– एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो

पत्रकारको सत्तामा पत्रकारिताको चीरहरण ! 

रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट

मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर

बनेपा– मण्डनदेउपुर नगरपालिका–९ लाकुरेधारमा सञ्चालित निःशुल्क आँखा शिविरबाट १५० जना लाभान्वित

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन