लमजुङबाट देव गुरुङ र पृथ्वी सुब्बासहित १३ जनाको उम्मेदवारी « Khabarhub

लमजुङबाट देव गुरुङ र पृथ्वी सुब्बासहित १३ जनाको उम्मेदवारी


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

लमजुङ  – मंसिर ४  मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि लमजुङबाट स्वतन्त्रसहित १३ जनाले मनोनयन दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसहित १३ जनाले मनोनयन दर्ता गराएका हुन् ।

निर्वाचनका लागि नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले मनोनयन दर्ता गराएका छन् । त्यसै गरी गठबन्धनका तर्फबाट नेकपा माओवादी  केन्द्रका महासचिव देवप्रसाद गुरुङको उम्मेदवारी परेको छ ।

राप्रपा नेपालबाट टकबहादुर गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टी बाट धर्मराज केसी, आमूल परिवर्तन पार्टीबाट नन्दजंङ गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट राजेन्द्र प्रसाद प्रजापतिले मनोनयन दर्ता गराएका छन् ।

त्यसै गरी  नेपाली कांग्रेस  बिपीबाट डा. लक्ष्मीकान्त पौडेल, मंगोल नेसनल अर्गनाईजेशन पार्टीबाट बिकास गुरुङ, राप्रपा बाट बालचन्द्र श्रेष्ठ, जनता समाजवादी पार्टीबाट नरेन्द्र बहादुर गुरुङको उम्मेदवारी परेको छ भने स्वतन्त्रबाट चन्दन बस्याल, प्रकाश जोशीको उम्मेदवारी परेको छ ।

त्यसै गरी प्रदेश सभा क तर्फ नेकपा एमालेका जमिन्द्रमान घले, गठबन्धनका तर्फबाट नेपाली कांग्रेस लमजुङका सभापति डा टकराज गुरुङ, नेपाली कांग्रेस बिपीबाट खुशीमाया गुरुङ, अस्मिता, राप्रपाबाट अप्सरा शाह, जनता समाजवादी पार्टीबाट सरस्वती गुरुङ र मंगोल नेसनल अर्गनाईजेन पार्टीबाट बिर्खबहादुर तामाङको उम्मेदवारी परेको छ ।

त्यसै गरी प्रदेश सभा ख तर्फ नेकपा एमालेका तर्फबाट जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी, गठबन्धनका तर्फबाट नेपाली कांग्रेस लमजुङका निर्वमान सभापति भेषबहादुर पौडेलको उम्मेदवारी परेको छ । त्यसै गरी सोही निर्वाचन क्षेत्रमा हाम्रो नेपाली पार्टीबाट विमल घिमिरे, राप्रपाबाट ततबहादुर गुरुङ, जनता समाजवादी पार्टीबाट युवराज दुरा, मंगोल नेसनलन अर्गनाईजेन पार्टीबाट राज गुरुङ, नेपाली काँग्रेस बिपीबाट नवराज बसौलाको उम्मेदवारी परेको छ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ९ : २८ बजे

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक

दसैँमा चार ठूला सिक्वेलको भिडन्त : ‘आमा २’ देखि ‘कबड्डी ५’ सम्म

काठमाडौं– नेपाली चलचित्रका लागि दसैँ सधैँ बक्स अफिसको सुनौलो समय

चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र उनका निकटका केही व्यक्ति