बैतडीको एकमात्रै क्षेत्रबाट १२ जनाको उम्मेदवारी « Khabarhub

बैतडीको एकमात्रै क्षेत्रबाट १२ जनाको उम्मेदवारी


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बैतडी -आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि बैतडीमा २३ जनाको उम्मेदवारी परेको छ । दुवैतर्फ गरेर २३ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभाको लागि एकमात्रै क्षेत्र रहेकामा १२ जनाको उम्मेदवारी परेको हो । यस्तै प्रदेशसभा (क)मा छ र प्रदेशसभा (ख) मा पाँच जनाको उम्मेदवारी परेको छ ।

प्रतिनिधिसभा सदस्य तर्फ सत्ता गठबन्धनका नेकपा (माओवादी केन्द्र)का नरेन्द्रबहादुर कुँवर, नेकपा (एमाले)का दामोदर भण्डारी, राप्रपा प्रेमबहादुर चन्द, राप्रपा नेपालका हिम्मत चन्द, पिपुल्स पार्टीका कृष्णबहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाशचन्द्र भट्ट, नेमकिपाका कृष्णप्रसाद गोसाईँ र आनसिंह भण्डारी जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदवार रहेका छन् ।

यसका साथै प्रतिनिधिसभाकै लागि चार जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दिनेमा केशवबहादुर चन्द, परमानन्द भट्ट, मानसिंह विष्ट र त्रिलोकबहादुर चन्द रहेका छन् । चन्द नेपाली कांग्रेस र भट्ट नेकपा (एकीकृत समाजवादी)का रहेका रहेका बताइएको छ । उनीहरूले टिकट वितरणमा असन्तुष्टि रहेकाले स्वतन्त्र उम्मेदवारी दिएको बुझिएको छ ।

यस्तै प्रदेशसभा (क)का लागि गठबन्धनका साझा उम्मेदवार कांग्रेसका वीरबहादुर विष्ट, एमालेका सुरेन्द्र पाल, राप्रपा नेपालका कृष्णा पन्त, एकीकृत समाजवादीका नरेन्द्र विष्ट, राप्रपाका रणबहादुर विष्ट र स्वतन्त्रबाट हरिमोहन भण्डारीले उम्मेदवारी दिएका छन् । भण्डारीले कांग्रेसबाट टिकटको दौडमा रहे पनि टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

प्रदेशसभा (ख) मा गठबन्धनका साझा उम्मेदवार कांग्रेसका शिवराज भट्ट, एमालेका लीलाधर भट्ट, राप्रपा नेपालका प्रेमबहादुर चन्द, नागरिक उन्मुक्ति पार्टीका रेवती बोहरा र राप्रपाका नारायणदत्त जोशीले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिएकामध्ये फिर्ता लिन चाहनेले यही असोज २६ गते बिहान १० देखि दिउँसो १ बजेभित्र फिर्ता लिन सक्नेछन् ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ११ : ०९ बजे

राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन विज्ञ सदस्य मनोनित

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोषमा सरकारले तीन जना विज्ञ व्यक्तित्वहरूलाई

स्थानीय तहका समस्या समाधानमा संघ–प्रदेश समन्वय आवश्यक : मन्त्री रावल

काठमाडौं – स्थानीय तहमा देखिएका प्रशासनिक तथा व्यवस्थापकीय समस्या समाधानका

इरानद्वारा अमेरिकासँग तत्काल प्रत्यक्ष वार्ता अस्वीकार, सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ टोली दोहा पठाइने

तेहरान-  इरानले अमेरिकासँग निकट भविष्यमा कुनै पनि स्तरमा प्रत्यक्ष वार्ता नहुने

मध्यपूर्व युद्धविरामपछि श्रीलङ्कामा इन्धनको मूल्य घट्यो

कोलम्बो– मध्यपूर्वमा तनाव कम हुँदै युद्धविरामको वातावरण बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा

विद्युत् सेवा नियमित गर्न जेन-जी युवाको माग

उदयपुर– जेन-जी युवा समूहले उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा विद्युत् सेवालाई