उम्मेदवारले नाम फिर्ता लिन के–के गर्नुपर्छ ? « Khabarhub

उम्मेदवारले नाम फिर्ता लिन के–के गर्नुपर्छ ?


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी मनोनयन गर्नेले उम्मेदवारी फिर्ता लिन चाहेमा सूचीबाट आफ्नो नाम फिर्ता गर्न सक्नेछन् ।

निर्वाचन कार्यक्रम बमोजिम उम्मेदवारको नाम फिर्ता लिन तोकिएको समयभित्र निर्वाचन अधिकृतसमक्ष सूचना दिई आफ्नो नाम फिर्ता लिन सक्नेछन् ।

उम्मेदवारी फिर्ता लिएको सूचना उम्मेदवार आफैले वा निजको निर्वाचन प्रतिनिधिले दाखिला गर्नु पर्नेछ ।

कुनै दलको तर्फबाट मनोनयन पत्र दर्ता भएको उम्मेदवारको हकमा सम्बन्धित निर्वाचन क्षेत्रमा दलले औपचारिक रूपमा तोकिएको समयमा पत्र पठाएमा उसलाई उम्मेदवारबाट हटाइने छ ।

नाम फिर्ता लिएको सूचना प्राप्त भएमा निर्वाचन अधिकृतले त्यस्तो सूचना दर्ता किताबमा दर्ता गरी सो जानकारी सूचना दर्ता गराउने व्यक्तिलाई दिनेछ ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  १२ : २७ बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन