बारा, महोत्तरी र मोरङमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु « Khabarhub

बारा, महोत्तरी र मोरङमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बारा, महोत्तरी र मोरङमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

बाराको महागढीमाई नगरपालिका–७ बरियारपुर चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकलमा पछाडी सवार स्थानीय ४४ वर्षीया रामदुलारी साहको उपचारका क्रममा न्युरो अस्पताल परवानीपुर नौतनमा मृत्यु भएको हो ।

मौलापुरबाट तेलकुवातर्फ आउँदै गरेको अल्फाबेट नखुलेको ८५ ०७ नम्बरको मोटरसाइकल हिजो बेलुका ८ बजे अनियन्त्रित भइ पल्टिएको थियो ।

यस्तै महोत्तरीको गौशाला नगरपालिका–१ मिलनचोकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री स्थानीय ६५ वर्षीय चेत प्रसाद प्याकुरेलको मृत्यु भएको छ ।

गौशालाबाट माईस्थानतर्फ जाँदै गरेको बा ८७ प ९६७ नम्बरको मोटरसाइकलले हिजो बेलुकी पौने ८ बजे पैदल हिडिरहेका प्याकुरेललाई ठक्कर दिएर पल्टिएको थियो ।

यसैगरी मोरङको सुन्दरहरैचा नरपालिका–८ मा कारसँग ठोक्किँदा मोटरसाइकलमा पछाडी सवार स्थानीय ४५ वर्षीय किरण बराईलीको मृत्यु भएको छ ।

गम्भीर घाइते भएका उनको उपचारको क्रममा नोबेल अस्पताल विराटनरमा मृत्यु भएको हो । घाइते मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

पश्चिमबाट पूर्वतर्फ जादै गरेको को १ च ५२२० नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०२९ प ८१५४ नम्बरको मोटरसाइकल हिजो बेलुकी पौने ७ बजे ठोक्किएका थिए ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  १२ : २८ बजे

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

सर्वदलीय बैठक सिंहदरबारमा सुरु (तस्बिर)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा

आइसीसी एकदिवसीय विश्वकप छनोट : १२ टोलीले मात्रै ‘सुपर १२’ खेल्ने

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले सन् २०२७ मा

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, आयोगको प्रमुख आयुक्तमा प्रस्तावित कार्कीको सुनुवाइ हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज