बारा, महोत्तरी र मोरङमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु « Khabarhub

बारा, महोत्तरी र मोरङमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बारा, महोत्तरी र मोरङमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

बाराको महागढीमाई नगरपालिका–७ बरियारपुर चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकलमा पछाडी सवार स्थानीय ४४ वर्षीया रामदुलारी साहको उपचारका क्रममा न्युरो अस्पताल परवानीपुर नौतनमा मृत्यु भएको हो ।

मौलापुरबाट तेलकुवातर्फ आउँदै गरेको अल्फाबेट नखुलेको ८५ ०७ नम्बरको मोटरसाइकल हिजो बेलुका ८ बजे अनियन्त्रित भइ पल्टिएको थियो ।

यस्तै महोत्तरीको गौशाला नगरपालिका–१ मिलनचोकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री स्थानीय ६५ वर्षीय चेत प्रसाद प्याकुरेलको मृत्यु भएको छ ।

गौशालाबाट माईस्थानतर्फ जाँदै गरेको बा ८७ प ९६७ नम्बरको मोटरसाइकलले हिजो बेलुकी पौने ८ बजे पैदल हिडिरहेका प्याकुरेललाई ठक्कर दिएर पल्टिएको थियो ।

यसैगरी मोरङको सुन्दरहरैचा नरपालिका–८ मा कारसँग ठोक्किँदा मोटरसाइकलमा पछाडी सवार स्थानीय ४५ वर्षीय किरण बराईलीको मृत्यु भएको छ ।

गम्भीर घाइते भएका उनको उपचारको क्रममा नोबेल अस्पताल विराटनरमा मृत्यु भएको हो । घाइते मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

पश्चिमबाट पूर्वतर्फ जादै गरेको को १ च ५२२० नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०२९ प ८१५४ नम्बरको मोटरसाइकल हिजो बेलुकी पौने ७ बजे ठोक्किएका थिए ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  १२ : २८ बजे

सुनसरीमा गोली लागेर एक जनाको मृत्यु

काठमाडौं – सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

बीपी राजमार्ग : रोशीखोला बगरैबगरको यात्रा (तस्बिरहरू)

काभ्रे– गत वर्षको असोज दोश्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी

सन् २०२५ : ‘ऊनको स्वीटर’ र दुर्गेशका गीतको वर्चस्व

काठमाडौं – सन् २०२५ बुधबार रातिबाट बिदा भएकाे छ ।

डलर सटहीको प्रलोभन देखाएर ठगी गर्ने हिरोहमा संलग्न चार जना पक्राउ

काठमाडौं – सिन्धुपाल्चोक प्रहरीले सस्तो दरमा डलर सटही गरिदिने भन्दै

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ