प्रतिनिधि सभातर्फ २५ सय, प्रदेश सभातर्फ ३४ सय उम्मेदवारी « Khabarhub

प्रतिनिधि सभातर्फ २५ सय, प्रदेश सभातर्फ ३४ सय उम्मेदवारी


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा हालसम्म ५ हजार ९३८ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगले आइतबारलाई उम्मेदवारी मनोनयनको मिति तोकेको थियो । आइतबार मनोनयन गरेका उम्मेदवारको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्टि गर्नेक्रम जारी छ ।

हालसम्म ५ हजार ९३८ जनाको मनोनयन प्रणालीमा प्रविष्ट भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभाको लागि उम्मेदवारी मनोनयन गर्नेमध्ये ५ हजार ४०८ जना पुरुष (९१.०७ प्रतिशत) र ५२९ जना महिला (८.९० प्रतिशत) रहेका छन् ।

पौडेलका अनुसार प्रतिनिधि सभा तर्फ हालसम्म २ हजार ५०२ जना उम्मेदवारको मनोनयन प्रविष्ट भएको छ । मनोनयनमा परेकामध्ये २ हजार २६९ जना पुरुष र २३३ जना महिला छन् ।

यस्तै, प्रदेश सभातर्फ हालसम्म ३ हजार ४३६ जना उम्मेदवारको मनोनयन परेको छ । उम्मेदवारी दिनेमध्ये ३ हजार १३९ प्रतिशत पुरुष, २९६ जना महिला र अन्य १ जना रहेका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  १२ : ३४ बजे

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर