दाङबाट ९० जनाको उम्मेदवारी « Khabarhub

दाङबाट ९० जनाको उम्मेदवारी


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दाङ– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङमा ९० जनाले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले उपलब्ध गराएको विवरणअनुसार तीन निर्वाचन क्षेत्र भएको दाङमा प्रतिनिधिसभाको तीन सदस्यका लागि ४४ र प्रदेशसभाका छ सदस्यका लागि ४६ जनाले मनोनयन गराएका हुन् । 

यीमध्ये १७ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभातर्फ १० र प्रदेशसभातर्फ सात जनाको स्वतन्त्र उम्मेदवारी परेको हो । निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाका लागि एक स्वतन्त्रसहित १२ जना, प्रदेशसभाका लागि १ (क) मा नौ जना, १ (ख) मा छ जनाको उम्मेदवारी परेको हो । 

यस्तै निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि तीन स्वतन्त्रसहित १५ जना र प्रदेशसभातर्फ(क) मा एक स्वतन्त्रसहित आठ र २ (ख) मा पाँच जनाको उम्मेदवारी परेको हो । यस्तै निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभातर्फस्वतन्त्रसहित १७ जना, प्रदेशसभातर्फ(क) मा दुई स्वतन्त्रसहित नौ र ३ (ख) मा चार स्वतन्त्रसहित नौ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आइतबार वर्षा जारी रहे पनि सबै दलका तथा स्वतन्त्र उम्मेदवारले उत्साहका साथ निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका थिए । यसैबीच दाङ क्षेत्र नं १ मा सत्तारुढ गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) नेता तथा सहरी विकासमन्त्री मेटमणि चौधरीले मनोनयन दर्ता गराएका छन् 

नेकपा (एमाले)बाट प्रतिनिधिसभा सदस्यमा शान्ता चौधरीको उम्मेदवारी दर्ता भएको छ भने नागरिक उन्मुक्ति पार्टीबाट सुरेन्द्र चौधरी, नेपाली कांग्रेस बिपीबाट अशोक खड्का, हाम्रो नेपाली पार्टीबाट गङ्गा चौधरी (सत्गौवा)ले उम्मेदवारी दर्ता गराएका छन् 

त्यसैगरी दाङको निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभाका लागि सत्तापक्षीय गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी रेखा शर्मा, नेकपा एमालेका तर्फबाट शंकर पोख्रेलले उम्मेदवारी दर्ता गराएका छन्।

त्यसैगरी दाङ निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, नेकपा एमालेका केन्द्रीय सदस्य कोमल ओली, राप्रपाका ओजबहादुर खड्काले मनोनयन दर्ता गराएका छन् ।

 

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  २ : ०१ बजे

बालेन सरकारका सय दिन पूरा, के के भए उपलब्धि ? (पूर्णपाठ)

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो

बाल संरक्षणसम्बन्धी नीति तथा संयन्त्रहरू र यसले बालबालिकाको जीवनमा पारेको प्रभाव

नेपालमा बालबालिकाबारे कानुनबाटै परिभाषित मापदण्ड छ । नेपालको कानुन र

नवनिर्वाचित राष्ट्रपति फुजिमोरीद्वारा पेरुमा ‘नयाँ अध्याय’ सुरु हुने घोषणा

लिमा- पेरुकी नवनिर्वाचित राष्ट्रपति केइको फुजिमोरीले आफ्नो निर्वाचनसँगै देशमा ‘नयाँ अध्याय’

सरकारको ‘घरघरमा सरकारी सेवा’ अभियान : दुई लाखभन्दा बढी राहदानी हुलाकमार्फत पठाइयो

काठमाडौं- सरकारले नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित ‘घरघरमा सरकारी सेवा’

सय दिनमा भूमि प्रशासन, सहकारी नियमन र प्रशासनिक सुधारमा उल्लेख्य प्रगति

काठमाडौं- सरकारले आफ्नो १०० दिनको कार्यकालमा भूमि व्यवस्थापन, सहकारी क्षेत्रको