राजनीति

अर्घाखाँचीका गठबन्धनका उम्मेदवारकाे दाबी- समृद्धिका लागि हामीले नै जित्नुपर्छ

By खबरहब

October 10, 2022

अर्घाखाँची- सत्तारुढ गठबन्धनबाट अर्घाखाँचीमा मनोनयन दर्ता गरेका उम्मेदवारहरूले समृद्ध नेपालका लागि आफूहरूले जित्नुपर्ने बताएका छन् ।

रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले अर्घाखाँचीमा उम्मेदवार दिएका गठबन्धनका उम्मेदवारहरू बिच गरेको साक्षात्कार कार्यक्रममा उनीहरूले गणतन्त्र र प्राप्त अधिकारकाे रक्षाको लागि आफूहरूले जित्नै पर्ने बताएका हुन् ।

कार्यक्रममा गठबन्धनका तर्फबाट संघीय संसदकाे उम्मेदवार पुष्पा भुसालले आफूहरू जितकाे नजिक रहेको भन्दै संविधान रक्षाको लागि पनि आफूहरूले जित्नै पर्ने दाबी गरिन् ।

कार्यक्रममा प्रदेश क का उम्मेदवार ठाकुर कुमार विक र प्रदेश ख का उम्मेदवार कमल प्रसाद भुसालले पनि लोकतान्त्रिक गणतन्त्रको रक्षा, समावेशी अधिकार, भ्रष्टाचारमुक्त समाज, मुलुकको समृद्धि तथा सुशासन पर्यटन तथा प्रवर्द्धनको विकाश, बेरोजगारी अन्त्यको लागी आफूहरूको उम्मेदवारी भएको उल्लेख गरेका थिए ।