नेप्से परिसूचकमा २७.१६ अंककाे गिरावट « Khabarhub

नेप्से परिसूचकमा २७.१६ अंककाे गिरावट


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव १६ अंकले ओरालो लागेर एक हजार आठ सय ७१ दशमलव २२ मा सिमित भएको छ । आइतबार उच्च अंकले भएको वृद्धि आज भने टिक्न नसक्दा कारोबार रकम पनि अर्ब पनि पुगेको छैन ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ३६ अंकले ओरालो लागेर तीन सय ६६ दशमलव ८४ मा सिमित भएको छ । कूल दुई सय ३३ कम्पनीको ३१ करोड ५५ लाख छ सय ९६ कित्ता शेयर ९७ करोड १७ लाख ६७ हजार सात सय १४ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सामूहिक लगानी कोषबाहेक अरु सबै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । सामूहिक लगानी कोष भने शुन्य दशमलव १२ अंकले उकालो लागेको हो । निर्जीवन बीमा, लघुवित्त, जीवन बीमा, विकास बैंक उपसमूहको शेयर मूल्यमा बढी अंकको गिरावट देखिएको छ । सोमबारको कारोबारपछि बजार पुँजीकरण रु २६ खर्ब ८९ अर्ब ५१ करोड ९१ लाख ३३ हजार आठ सय दुई बराबर रहेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको १६ करोड ५८ लाख ७७ हजार चार सय १४ बराबरको कारोबार भयो । नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर छ करोड छ लाख १२ हजार ५००, नवील बैंक रु चार करोड ८२ लाख २० हजार दुई सय ६२, हिमालयन डिस्टिलरी रु तीन करोड ५८ लाख ९१ हजार र लुम्बिनी विकास बैंक रु दुई करोड नौ लाख ३९ हजार तीन सय ८३ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार, अभियान लघुवित्त नौ दशमलव ९९, एनएमबी हाइब्रिड फण्ड एक तीन दशमलव ६७, ग्लोबल आइएमई ब्लालेन्स फण्ड पहिलो तीन दशमलव ४९, एनआइसी एशिया फ्लेक्सी क्याप फण्ड तीन दशमलव २७ र उन्नति सहकार्य लघुवित्तका लगानीकर्ताले दुई दशमलव ६८ प्रतिशतले कमाएका छन् ।त्यस्तै गरिमा बैंकको ऋणपत्र आठ दशमलव १३, सिभिल लघुवित्त छ दशमलव ३३, कृषि विकास बैंकको ऋणपत्र पाँच दशमलव ८६, कर्णाली डेभलपमेन्ट बैंक पाँच दशमलव ६० र पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ३८ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ४ : ०५ बजे

धरौटी नराखी व्यवसाय गर्न पाउनुपर्ने कन्सल्टेसी सञ्चालकको माग, सरकारको नयाँ नियमावलीमा असहमति

काठमाडौं– सरकारले कार्यान्वयनमा ल्याएको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी

वैदेशिक रोजगारीबाट फर्किएका आचार्य व्यावसायिक सागसब्जी खेतीमा रमाउँदै

इनरुवा– जिल्ला सदरमुकाम इनरुवा–८ का गणेश आचार्य वैदेशिक रोजगारीबाट फर्किएपछि व्यावसायिक

संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाद्वारा सरकारविरुद्ध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सुकुम्वासीहरूलाई उचित व्यवस्थापन बिना नै उठीबास लगाएको भन्दै संयुक्त

सुरुङ सञ्चालनअघि ‘मर्निङवाक’ गर्नेको रोजाइ बन्यो नागढुंगा-सिस्नेखोला लिंक रोड (तस्बिरहरू)

काठमाडौं– नागढुंगा–सिस्नेखोला सुरुङमार्गलाई कलंकी–नागढुंगा सडकखण्डसँग जोड्ने प्रमुख लिंक रोड अहिले बिहानको