गठबन्धनलाई बलियो बनाएर निर्वाचनमा जान आग्रह « Khabarhub

गठबन्धनलाई बलियो बनाएर निर्वाचनमा जान आग्रह


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दमौली– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनलाई बलियो बनाएर निर्वाचनमा जान आग्रह गरेका छन् । नेपाली कांग्रेस तनहुँको कार्यालयमा आज बसेको गठबन्धनका दलका नेताहरुको बैठकमा वरिष्ठ नेता पौडेलले गठबन्धन अहिलेको आवश्यकता भएकाले गठबन्धनलाई बलियो बनाउनुको विकल्प नभएको बताए।

तनहुँका चार प्रदेशसभा क्षेत्रमा गठबन्धनको घटक नेकपा (एकीकृत समाजवादी) का तर्फबाट उम्मेदवारी दर्ता भएका विषयमा पौडेलले उम्मेदवारी फिर्ता लिएर सहयोग गर्न आग्रह गरे। ‘गठबन्धन जिल्लाबाट नभई केन्द्रबाटै भएको हो, यस विषयमा विचार गरेर उम्मेदवारी फिर्ता लिनुस्’, पौडेलले भने ।

वरिष्ठ नेता पौडेलले तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै प्रदेश (क) अन्तर्गत सत्तारुढ गठबन्धनतर्फ नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठ र नेकपा (माओवादी केन्द्र) बाट हरिबहादुर चुमानले उम्मेदवारी दर्ता गराएका छन् । तनहुँका चार प्रदेशसभा क्षेत्रमा नेकपा (एकीकृत समाजवादी) को पनि उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ४ : ४२ बजे

भेनेजुएलामा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त

एजेन्सी– अमेरिकी अन्तरिक्ष एजेन्सी नासा द्वारा प्रकाशित उपग्रह तथ्यांको प्रारम्भिक

विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था

काठमाडौं- सरकारले विद्युत् प्रवाहमा सन्तुलन, वितरण सञ्जाल सुदृढीकरण तथा आवश्यक

सिलिचोङमा पहिरो : विस्थापितको सङ्ख्या २८, विद्युत सेवा अवरुद्ध

किमाथाङ्का (सङ्खुवासभा)– सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ मा अविरल वर्षापछि आएको पहिरोबाट

लागूऔषधसहित पाँच जना पक्राउ

विराटनगर- कोशी प्रदेश प्रहरीले लागूऔषधविरुद्धको महाअभियानअन्तर्गत आज पाँच जनालाई पक्राउ

निजी क्षेत्रले डेढ वर्षमै बनायो प्रसारण लाइन

काठमाडौं– नेपालमा पहिलो पटक निजी क्षेत्रले उच्च क्षमताको २२० केभी प्रसारण