पहिराेमा घर पुरिएर हुम्लामा चारको मृत्यु « Khabarhub

पहिराेमा घर पुरिएर हुम्लामा चारको मृत्यु


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कर्णाली– हुम्लाको चखेली गाउँपालिका–६ मेल्छाममा पहिराेले घर पुरिँदा चार जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार आइतबार राति स्थानीय मानवीर बिकको घरमाथिबाट पहिरो खसेर घर भत्किँदा चार जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका छन् । 

घाइते पाँच जनाको आज बिहान जीवितै उद्धार गरिएको थियो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले गम्भीर घाइतेलाई उपचारका लागि नेपालगञ्ज लैजान नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिए पनि खराब मौसमका कारण उड्न नसकेको जानकारी दिए ।

प्रहरीका अनुसार पहिरामै पुरिएर मृत्यु हुनेमा मेल्छाम गाउँका ६० वर्षीया तुल्सा, सात वर्षीया वसन्ता, नौ वर्षीया सुस्मिता र १२ वर्षीया हैजाली कामी छन् । 

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ६ : २९ बजे

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।

कांग्रेस महाधिवेशन: मतदानको समय ७ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

अचानक बिरामी भएका निश्कल अस्पतालबाटै माग्दैछन् भोट

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार निश्कल राई बिरामी परेका

एसियाली खेलकुदमा पदक जित्ने खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कार दिने सरकारको निर्णय

काठमाडाैँ – सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट

महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता

काठमाडौं- नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले नेपाल प्रहरीका