फाइल फोटो

समाचार

पहिराेमा घर पुरिएर हुम्लामा चारको मृत्यु

By खबरहब

October 10, 2022

कर्णाली– हुम्लाको चखेली गाउँपालिका–६ मेल्छाममा पहिराेले घर पुरिँदा चार जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार आइतबार राति स्थानीय मानवीर बिकको घरमाथिबाट पहिरो खसेर घर भत्किँदा चार जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका छन् । 

घाइते पाँच जनाको आज बिहान जीवितै उद्धार गरिएको थियो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले गम्भीर घाइतेलाई उपचारका लागि नेपालगञ्ज लैजान नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिए पनि खराब मौसमका कारण उड्न नसकेको जानकारी दिए ।

प्रहरीका अनुसार पहिरामै पुरिएर मृत्यु हुनेमा मेल्छाम गाउँका ६० वर्षीया तुल्सा, सात वर्षीया वसन्ता, नौ वर्षीया सुस्मिता र १२ वर्षीया हैजाली कामी छन् ।