मन्त्री थापाद्वारा सुविधाको सवारी फिर्ता « Khabarhub

मन्त्री थापाद्वारा सुविधाको सवारी फिर्ता


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले आफूले प्रयोग गर्दै आएको सरकारी सवारी सुविधा  फिर्ता गरेका छन् ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गठबन्धनको तर्फबाट कास्की २ (ख) मा प्रदेशसभा सदस्यका लागि आइतबार उम्मेदवार मनोनयन दर्ता गर्नुभएको मन्त्री थापाले आज सवारी सुविधा फिर्ता गरेका हुन् ।

मन्त्री थापाले गण्डकीको कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रीका रुपमा प्रयोग गर्दै आएको ग १ झ ५६३ नम्बरको सवारीको चाबी मन्त्रालयका सचिव शम्भुप्रसाद रेग्मीलाई हस्तान्तरण गरेका हुन् ।

मन्त्री थापाले विसं २०७४ को निर्वाचनमा निर्वाचित भएपछि प्राप्त तलब, भत्ता तथा अन्य सुविधा पनि विभिन्न सामाजिक कार्यमा खर्च गर्दै आएको विवरण सार्वजनिक गरेका थिए । 

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ६ : ३७ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर