स्वास्थ्य मन्त्रीका सल्लाहकारको स्वतन्त्र उम्मेदवारी « Khabarhub

स्वास्थ्य मन्त्रीका सल्लाहकारको स्वतन्त्र उम्मेदवारी


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– आसन्न हुन मंसिर ४ गते हुने निर्वाचनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङका स्वास्थ्य सल्लाहकार डा. खगेन्द्र कटुवालले स्वतन्त्र उम्मेदवारी दिएका छन । तेह्रथुम जिल्लाको निर्वाचन क्षेत्र (क) प्रदेशसभाका लागि आइतबार निर्वाचन कार्यालय तेह्रथुममा पुगेर उम्मेदवारी दिएका हुन । २०७९ को स्थानीय निर्वाचनमा छथर गाउँपालिका ५ बाट वडा सदस्यमा निर्वाचित भएका कटुवालले मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचन उम्मेदवारी दिएका हुन ।

मन्त्रीको स्वास्थ्य सल्लाहकार र वडा सदस्य पद आइतबार नै राजिनामा गरी उम्मेदवारी दिएको कटुवालले बताए । उनी भन्छन् ’राजनीति पार्टीबाट मात्रै जनताको भावना अनुसार काम नभई रहेकोले विकल्पको स्वतन्त्र उम्मेदवारी दिएको हुँ । जनताको माझ गएर जनता कै हितमा काम गर्ने अठोटका साथ मेरो उम्मेदवारी हो । आशा छ मेरो स्वतन्त्र उम्मेदवारीमा जनताले साथ दिनु हुने छ ।‘

एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा प्रतिनिधि सभाका लागि १० र प्रदेशसभाका लागी १८ जना गरी २८ जनाले मनोनयन दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले जनाएको छ । यो सँगै तेह्रथुममा ३ पदका लागी २८ जनाले उम्मेदवारी दिएका छन । २ नगरपालिका ४ गाउँपालिका रहेको तेह्रथुममा ४३ वटा घडाहरू रहेको छन । जिल्ला निर्वाचन कार्यालयका अनुसार ३५ हजार १ सय ३९ महिला ३६ हजार ७ सय ९४ रहेका छन्। 

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ६ : ५० बजे

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ