झापामा एक सय एकको उम्मेदवारी दर्ता  | Khabarhub Khabarhub

झापामा एक सय एकको उम्मेदवारी दर्ता 


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

झापा– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापामा एक सय एकजनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा नौजना मात्र महिलाको उम्मेदवारी परेको छ । पाँचवटा क्षेत्र रहेको जिल्लामा सबैभन्दा बढी उम्मेदवारी क्षेत्र नं ५ बाट परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विभिन्न राजनीतिक दलबाट ६८ जनाले र स्वतन्त्रबाट ३३ जनाले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत वीरेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार क्षेत्र नं १ बाट १६, क्षेत्र नंं २ मा २०, क्षेत्र नं ३ मा १८, क्षेत्र नं ४ मा २०, क्षेत्र नं ५ मा २७ जनाको उम्मेदवारी दर्ता भएको छ । 

यसैगरी प्रदेशसभाका १० पदका लागि एक सय छजनाको उम्मेदवारी दर्ता भएको छ । जसमा प्रदेश नं १ को (क) मा छ, (ख) मा १२, क्षेत्र नं २ को (क)(ख) मा १०-१०, क्षेत्र नं ३ को (क) मा आठ, (ख) मा ११, क्षेत्र नं ४ को (क) मा १० (ख) मा १२, क्षेत्र नं ५ को (क) मा ११, (ख) मा १६ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

झापामा तीन राजनीतिक दलका शीर्षनेता उम्मेदवारी दर्ता गरेर चुनावी मैदानमा होमिएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली क्षेत्र नं ५ बाट, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन क्षेत्र नं ३ बाट र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गरी चुनावी अभियानमा होमिएका हुन् । 

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ७ : ४३ बजे

जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं – परराष्ट्रमन्त्री मन्त्री डा. आरजु राणा देउवाले नेपाल र

माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीय: सूर्य थापा

काठमाडौं – नेकपा (एमाले)का सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजवादी)

रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित

काठमाडौं – इङ्गल्यान्ड यु-१९ क्रिकेट टोलीले भारत यु-१९ क्रिकेट टोलीमाथि

आजको मौसम: कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल