तास खेल्ने क्रममा विवाद हुँदा साथीको हत्या, तीन जना पक्राउ « Khabarhub

तास खेल्ने क्रममा विवाद हुँदा साथीको हत्या, तीन जना पक्राउ


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

झापा – तास खेल्ने क्रम भएको विवादमा साथीको हत्या गरेको आरोपमा तीनजनालाई पक्राउ गरिएको छ ।

झापा, अर्जुनधारा नगरपालिका–११ बसपार्क बस्ने ताप्लेजुङ सिदिम्बा गाउँपालिका–४ सुरूमखिम घर भएका २५ वर्षीय नबिन्द्र गुरूङको हत्या गरेको अभियोगमा ३ जनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा इलाम नगरपालिका–९ घर भई झापा अर्जुनधारा नगरपालिका– ११ स्थित ताप्लेजुङ इलाम होटलका संचालक ३८ वर्षीय इन्द्र बहादुर अधिकारी, पाँचथर फिदिम नगरपालिका–१२ घर भई सोही होटलका स्टाफ २१ वर्षीय अमृत आचार्य र उनकै श्रीमती २३ वर्षीया बिमला राई रहेका छन् । इन्द्रबहादुरलाई उनकै होटलबाट तथा अमृत र बिमलालाई पाँचथरबाट पक्राउ गरेको हो ।

असोज १७ गते उक्त होटलमा उनीहरू मादक पदार्थ सेवन गरी तास खेल्दै गरेको अबस्थामा हारजितको बिषयलाई लिएर विवाद हुँदा उनीहरू समेतले नविन्द्रलाई लोहोरो र चक्कुले प्रहार गरी गम्भीर घाइते बनाई उक्त होटलबाट करिब १ सय ५० मिटर टाढा रहेको सडकमा फालिदिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

असोज १८ गते बिहान उनको शव फेला परेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ८ : १८ बजे

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक