गोरखामा प्रचण्ड सहित ५६ जनाको उम्मेदवारी « Khabarhub

गोरखामा प्रचण्ड सहित ५६ जनाको उम्मेदवारी


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

गोरखा – गण्डकी प्रदेशको गोरखा जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्रका लागि ५६ जनाको उम्मेदवारी परेको छ ।

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को समेत निर्वाचन क्षेत्र रहेको गोरखामा यस पटक निकै महत्वका साथ हेरिएको छ ।

आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि आइतबार भएको मनोयन दर्ता क्रममा गोरखा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा २३ जना र चार प्रदेशसभाका निर्वाचन क्षेत्रमा ३३ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।

प्रतिनिधिसभाअन्तर्गत गोरखा क्षेत्र नं १ मा १० जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिए। क्षेत्र नं। १ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजेन्द्र बजगाईंको उम्मेदवारी परेको छ भने नेकपा एमालेबाट पार्टीका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतको उम्मेदवारी परेको छ ।

त्यस्तै जनता समाजवादी पार्टीबाट उत्तरबहादुर खड्का, राप्रपाबाट उदयप्रसाद भट्ट, मङ्गोल नेसनल अर्गनाइजेसनबाट देवबहादुर थापा र नेपाल सुशासन पार्टीबाट मीनकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएको उहाँले जानकारी दिए । जसपाबाट नै रुपेश राना, नेपाल मजदुर किसान पार्टीबाट लीलाकुमारी बुढाथोकी र राष्ट्रिय स्वतन्त्र पार्टीका सुवर्ण रोकाय र विष्णु पुडासैनीले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ९ : ३२ बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक