बैतडीमा प्रतिनिधिसभा तर्फ महिला उम्मेदवार शून्य « Khabarhub

बैतडीमा प्रतिनिधिसभा तर्फ महिला उम्मेदवार शून्य


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बैतडी – आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बैतडीमा महिला उम्मेदवारी शून्य रहेको छ । यहाँ प्रतिनिधिसभामा प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी शून्य रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभाको लागि एक मात्रै क्षेत्र रहेको बैतडीमा १२ जनाको उम्मेदवारी परेको र एक जना पनि महिला उम्मेदवार नरहेको निर्वाचन कार्यालयले जनाएको छ । महिलालाई टिकट नदिनु र नेतृत्वसम्म नपुग्नुको कारण दलहरुको पुरातन सोच रहेको दशरथचन्द नगरपालिकाका निवर्तमान उपप्रमुख तथा नेपाली कांग्रेसका महाधिवेशन महाधिवेशन प्रतिनिधि मीना चन्दले बताए ।

प्रतिनिधिसभामा उम्मेदवारी दिनेमा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर, नेकपा एमालेका दामोदर भण्डारी, राप्रपा प्रेमबहादुर चन्द, राप्रपा नेपालका हिम्मत चन्द, पिपुल्स पार्टीका कृष्णबहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकासचन्द्र भट्ट, नेमकिपाका कृष्णप्रसाद गोसाईं र जनता समाजवादी पार्टीका आनसिंह भण्डारी रहेका छन् ।

यसका साथै प्रतिनिधिसभाकै लागि चार जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवारी दिनेमा केशवबहादुर चन्द, परमानन्द भट्ट, मानसिंह बिष्ट र त्रिलोकबहादुर चन्द छन् ।

प्रदेशसभा को कमा ६ र प्रदेशसभाको खमा पाँच जनाको उम्मेदवारी परेको छ । प्रदेशसभा उम्मेदवारमा भने महिला प्रतिनिधित्व भएको छ । जसमा दुवै क्षेत्रमा एक एक महिलाले उम्मेदवारी दिएका छन् । कमा राप्रपा नेपालका कृष्णा पन्तले उम्मेदवारी दिनुभएको छ भने खमा नागरिक उन्मुक्ति पार्टीका रेवती बोहराले उम्मेदवारी दर्ता गराएका छन् ।

कमा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका वीरबहादुर विष्ट, नेकपा एमालेका सुरेन्द्र पाल, नेकपा एकीकृत समाजवादीका नरेन्द्र विष्ट, राप्रपाका रणबहादुर विष्ट र स्वतन्त्रबाट हरिमोहन भण्डारीले उम्मेदवारी दिएका छन् । खमा गठबन्धनका साझा उम्मेदवार कांग्रेसका शिवराज भट्ट, एमालेका लिलाधर भट्ट, राप्रपा नेपालका प्रेमबहादुर चन्द र राप्रपाका नारायणदत्त जोशीले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ९ : ४२ बजे

एमाले महाधिवेशन व्यवस्थापन समितिको बैठक जारी

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितीको बैठक

दाङमा बस दुर्घटना, २२ यात्रु घाइते

दाङ– दाङमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्

पोखरामा जलन अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु

कास्की– देशको पर्यटकीय सहर पोखरामा जलन (बर्न) अस्पताल निर्माणका लागि

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके– बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार

एमाले महाधिवेशन मुल व्यवस्थापन समितिको बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौं – नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशन मुल व्यवस्थापन