कीभविरुद्ध अझ ‘कडा’ प्रतिशोध लिने पुटिनको चेतावनी « Khabarhub

कीभविरुद्ध अझ ‘कडा’ प्रतिशोध लिने पुटिनको चेतावनी


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रुसी सेनाले युक्रेनमा सोमबार बिहानै घातक बमबारी गरेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले कीभविरुद्ध अझ ‘कडा’ प्रतिशोध लिने चेतावनी दिएका छन् ।

युक्रेनमा सोमबार भएको महिनौँयताकै सबैभन्दा ठूलो हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । यो सप्ताहन्तमा रूसलाई मस्कोसँग जोडिएको क्रिमियाली प्रायद्वीपसँग जोड्ने एउटा महत्वपूर्ण पुलमा क्षति पु¥याएको विस्फोटको प्रतिशोध थियो ।

युक्रेनी सेनाले देशका विभिन्न शहरमा रूसी सेनाल ८० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको र रूसले छिमेकी बेलारूसबाट प्रक्षेपण गरिएका इरानी ड्रोनपनि प्रयोग गरेको जनाएको छ ।

पुटिनले आफ्नो सुरक्षा परिषद्लाई टेलिभिजनमार्फत सम्बोधन गर्दै भने, ‘यसमा कुनै शङ्का नहोस्, यदि ‘आतङ्कवादी हमला’को प्रयास जारी रह्यो भने रूसको प्रतिक्रिया कडा हुनेछ ।’

पुटिनका पूर्ववर्तीसमेत रहेका नेता दिमित्री मेदभेदेभले सामाजिक सञ्जालमार्फत युक्रेनमा पानी र बिजुली सेवा अवरुद्ध पार्ने आक्रमण सुरूवात मात्र भएको चेतावनी दिए।

रूसको रक्षा मन्त्रालयले युक्रेनी ऊर्जा, सैन्य कमाण्ड र सञ्चार केन्द्रलाई निशाना बनाएको पुष्टि गर्दै आक्रमण सफल भएको र ’आफ्नो उद्देश्य हासिल गरेको’ दाबी गरेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  १० : २९ बजे

बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालन

गोरखा– मनास्लु पदमार्गअन्तर्गत दुई ठाउँको पुल बाढीले बगाएर बाटो बन्द

वालेन्द्र नेतृत्वको सरकारप्रति राधिकाको आक्रोश, भनिन्, ‘खराने ग्याङ’ले जेजे गरुन्, हामी डराएर भाग्दैनौँ’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले

दक्षिण कोरियामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च

सियोल- दक्षिण कोरियामा अगस्ट महिनामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च भएको छ । सरकारी तथ्यांकअनुसार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त

काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना पदाधिकारी नियुक्त भएका

मन्त्रीहरूलाई सुझाव वर्षमानको सुझाव : शासकीय अहङ्कार नदेखाउनू, जनताले कालोझण्डा देखाइसके

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले शासकीय अहङ्कार नदेखाउन