हत्या आरोपमा एक महिलासहित तीनजना पक्राउ | Khabarhub Khabarhub

हत्या आरोपमा एक महिलासहित तीनजना पक्राउ


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – झापाको अर्जुनधरा–११ स्थित नयाँ बसपार्कमा २५ वर्षीय नवीन्द्र गुरुङको हत्या गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

गत असोज १८ गते साबिक ताप्लेजुङ सिदिम्वा गाविस–४ सुरुमखिम घर भई हाल अर्जुनधारा–११ स्थित नयाँ बसपार्क एरियामा बस्दै आएका गुरुङको लोहोरो प्रहार गरी हत्या गरेको आरोपमा एक महिलासहित तीनजनालाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

प्रहरीले सार्वजनिक गरेका आरोपीहरुमा इलाम –१ घर भई नयाँ बसपार्कमा ताप्लेजुङ इलाम होटल सञ्चालन गर्दै आएका ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, पाँचथर फिदिम–१२ घर भई बसपार्कमै ताप्लेजुङ इलाम होटल सञ्चालन गर्दै आएका २१ वर्षीय अमृत आचार्य र पाँचथर फालेलुङ–७ घर भई सोही होटल बस्ने आचार्यकी श्रीमती २३ वर्षीया बिमला राई रहेका छन् ।

घटनामा संलग्न थप जना फरार रहेकाले उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए।

विजयादशमीको फूलपातीका दिन उनीहरुले होटलमा तास खेलेको र पैसा हारजीतको विषयलाई लिएर विवाद भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

तास खेल्ने क्रममा विवाद हुँदा गुरुङलाई टाउको पछाडिको भाग र नाकमा अचार पिस्न प्रयोग गरिने ढुङ्गाको लोहोराले हिर्काएर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए । गुरुङको शव असोज १८ गते बिहान बसपार्कको ड्राइभिङ सेन्टर पूर्व प्लटिङमा फेला परेको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ११ : ०५ बजे

इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर एक धारा’

भरतपुर – चितवनको इच्छाकामना गाउँपालिकाका दुई खानेपानी आयोजनाको शिलान्यास गरिएको

‘सिंघम अगेन’को सुटिङमा अजय देवगण घाइते

मुम्बई– अजय देवगण बलिउडका सबैभन्दा प्रतिभाशाली अभिनेता मध्ये एक हुन्

दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु

दार्चुला– दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । 

चितवन राष्ट्रिय निकुञ्जमा बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ् 

चितवन– चितवन राष्ट्रिय निकुञ्जले बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ्को काम

सेना फिर्ता गर्न भारत सहमत भएको माल्दिभ्सको भनाइ

नयाँदिल्ली– रणनीतिकरूपमा अवस्थित टापु समूह राष्ट्र माल्दिभ्सका राष्ट्रपतिले आफ्नो मुलुकबाट