पाकिस्तानसँगको फाइनल भिडन्तमा भारतको प्रतिक्षा | Khabarhub Khabarhub

टी-ट्वान्टी विश्वकप क्रिकेट

पाकिस्तानसँगको फाइनल भिडन्तमा भारतको प्रतिक्षा

दोस्रो सेमिफाइनल जित्ने इंग्ल्याण्डको त्यस्तो गोप्य योजना के छ ?


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अष्ट्रेलियामा जारी टी–ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज भारत र इग्ल्याण्ड खेल्दैछन् । समूह २ को विजेता भारत र समूह १ को दोस्रो टिम इंग्ल्याण्ड आज फाइनलका लागि खेल्न लागेका हुन् ।

एडिलेडमा बलिया मानिएका यी दुई टोलीको भिडन्त नेपाली समयअनुसार दिउँसो पौने २ बजेपछि सुरु हुनेछ । यसअघि हिजो भएको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई हराउँदै पाकिस्तान फाइनल पुगिसकेको छ ।

पाकिस्तानका ९० प्रतिशत फ्यान र विश्व क्रिकेटकै चर्चित व्यक्तित्वले फाइनलमा पाकिस्तानसँगै भारत हुनुपर्ने बताइरहेका छन् । किनकी भारत र पाकिस्तानको खेल विश्व क्रिकेटमै रोचक र विशेष मानिन्छ । उद्घाटन खेल पनि यी दुई टोलीको विशेष र सनसनीपूर्ण भएको थियो । जहाँ भारतले पाकिस्तानलाई हराएको थियो ।

पाकिस्तानसँगको उपाधि भिडन्त पक्का गर्न भारतले आज इंग्ल्याण्डसँग जित्नैपर्छ । त्यो जित्नका लागि भारतीय बलिया के छन् ? त्यो हेरौँः

ब्याटिङमा बलियो भारत

जारी विश्वकपमा भारतीय ब्याटर उत्कृष्ट फर्ममा छन् । विश्वकै उच्चस्तरीय चार ब्याटरमध्ये कम्तीमा तीन ब्याटर नियमित चलिरहेका छन् । जारी विश्वकपमा सर्वाधिक रन बनाएका विराट कोहली सबैभन्दा उत्कृष्ट लयमा छन् । उनले समूह चरणमै तीन अर्धशतक बनाएर टी–ट्वान्टी विश्वकपकै सर्वाधिक रन बनाउने ब्याटर बनिसकेका छन् ।

पाकिस्तानविरुद्ध नै सनसनी अर्धशतक बनाएका कोहलीले करियरकै उत्कृष्ट इनिङ खेलेका थिए । ५३ बलमा नटआउट ८२ रन बनाएका कोहलीले अन्तिम ८ बलमा ्र२८ रनको आवश्यकता परिपूर्ति पूरा गर्दै भारतलाई जिताएका थिए ।

त्यसपछि नेदरल्याण्ड्स र बंगलादेशविरुद्ध पनि अर्धशतक बनाएका कोहलीले जारी विश्वकपमा उत्कृष्ट फर्म देखाइरहेका छन् । अब फाइनलका लागि कोहली झन् आक्रामक हुन सक्ने आँकलन गरिएको छ । कोहलीसँग सुर्याकुमार यादव पनि उत्कृष्ट फर्ममा छन् । उनले पनि जारी विश्वकपमा तीन वटा अर्धशतक बनाएका छन् ।

विश्वकपबाटै टी–ट्वान्टीमा नम्बर १ ब्याटर बनेका सुर्याकुमार जुनसूकै दिशामा पनि ब्याट घुमाउन सक्ने ब्याटरका रुपमा परिचित छन् । यस्तै पछिल्लो समय ओपनर केएल राहुल पनि फर्ममा फर्किएका छन् । समूह चरणका अन्तिम खेलबाट राहुल फर्ममा फर्किएका हुन् ।

उनको फर्मले भारतीय ब्याटर झन् विष्फोटक मानिएका छन् । यस्तै कप्तान रोहित शर्माले पनि एक अर्धशतक बनाएका छन् । सेमिफाइनल रोहितको ब्याट चल्ने अपेक्षा गरिएको छ । उत्कृष्ट चार ब्याटरसँगै हार्दिक पाण्डेय र दिर्नेशक कार्तिक तथा ऋषभ पन्त विशेष छन् । यी तीनै जना ब्याटर जतिबेला पनि विष्फोटक ब्याट गर्न सक्षम छन् ।

यस्तै बलिङमा भुवनेश्वर कुमार र अर्शदीप सिंहले विशेष विकेट लिइरहेका छन् । रविचन्दन आश्विन जस्ता नामी अलराउण्डरले गर्दा पनि भारत केही बलियो अवस्थामा छ ।

समस्याले जेलिएको इंग्ल्याण्ड

समूह चरणमा राम्रो प्रदर्शन गरेपनि आयरल्याण्डसँग हारेको इंग्ल्याण्ड यतिबेला केही समस्याले जेलिएको छ । उसका लागि ओपनर ब्याटरकै मुख्य चुनौति छ । कप्तान जोश बटलर नै राम्रो फर्ममा छैनन् । उनले सुरुवाती खेलमा रन जोड्न सकेका थिएनन् ।

यस्तै एलेक्स हेल्स पनि राम्रो लयमा देखिएका छैनन् । इंग्ल्याण्डका ब्याटरमा खतरनाक मानिने डेभिड मालन भने चोटग्रस्त छन् । उनी सेमिफाइनलमा हुने छैनन् । उनको अनुपस्थिती भारतका लागि फाइदाजनक छ । यस्तै फास्ट बलर मार्क वुड पनि घाइते भएका छन् । उनको ठाउँमा क्रिस जोर्डनलाई टिममा राखिएको छ ।

यस्तै अवस्थामा इंग्ल्याण्डका लागि अलराउण्डर मोइन अलि र साम कुरान विशेष खेलाडीका रुपमा भारतीय टिमविरुद्ध प्रदर्शन गर्ने अपेक्षा छ । कुरानले आइपीएलमा पनि राम्रो प्रदर्शन गरेका कारण भारतीय ब्याटरको कमजोरी बुझेका छन् ।

कुरानभन्दा विशेष हार्दिक पाण्ड्या मानिएका छन् । पाण्ड्याले गुजरात टाइटान्सलाई आइपीएलकै उपाधि जिताएका थिए । त्यसैले टिमलाई परेका बेला हार्दिक र कुरान राम्रै चल्ने अपेक्षा गरिएको छ ।

इंग्ल्याण्ड आफैँ समस्याले जेलिएको बेलामा उसका लागि सबैभन्दा धेरै प्रयोग गर्न मिल्ने भनेका अलराउण्डर कुरान र अलि नै हुन् । बाँकी धेरै विकल्प इंग्लिस टोलीसँग छैन ।

हेड टू हेड : इंग्ल्याण्डभन्दा भारत अगाडि

हेड टू हेडका आधारमा इंग्ल्याण्डभन्दा भारतीय टोली नै बलियो मानिएको छ । अहिलेसम्म भएका टी–ट्वान्टी खेलमा यी दुई टिमले जम्मा २२ खेल खेलेका छन् । त्यसमा भारतले १२ र इंग्ल्याण्डले १० खेल जितेको छ ।

पछिल्ला टी–ट्वान्टी विश्वकपका तीन खेलमा पनि भारत नै अघि छ । तीन खेलमध्ये भारतले २ खेल जितेको छ भने इंग्ल्याण्डले एउटा खेल जितेको छ । त्यति मात्रै होइन, इंग्ल्याण्डविरुद्ध पछिल्ला पाँच खेलमध्ये भारतले लगातार चार खेल जितेको छ ।

टिमका हिसाबले पनि इंग्ल्याण्डभन्दा भारत उत्कृट मानिएको छ । इंग्ल्याण्डका लागि बटलर, बेन स्टोक्स र मालन मुख्य ब्याटर थिए । तीनै जना ब्याटर फर्ममा छैनन् । मालन त अहिले टिममा नै छैनन् । यस्तो अवस्थामा भारतका केएल राहुल, रोहित शर्मा, विराट कोहली, सुर्याकुमार यादव र ऋषभ पन्त नै उत्कृष्ट फर्ममा छन् ।

यसले पनि भारतले इंग्ल्याण्डलाई हराउँदै पाकिस्तानसँगको उपाधि भिडन्त पक्का गर्ने सम्भावना धेरै छ । जसलाई विश्वभरका क्रिकेटप्रेमीले पनि चाहेका छन् । फाइनल खेल मेलवर्न क्रिकेट मैदानमा आइतबार हुनेछ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ७ : ५७ बजे

पर्यटन क्षेत्रले अर्थतन्त्रमा ठुलो योगदान पुर्‍याएको छ : कार्यवाहक प्रधानमन्त्री सिंह

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई सुधार गर्न पर्यटन

पहिरोले राप्ती लोकमार्ग अवरुद्ध

तुलसीपुर – निरन्तरको वर्षाद्ले राप्ती लोकमार्गअन्तर्गत विभिन्न स्थानमा पहिरो खसेपछि

झरीमा रुझेको काठमाडौं (तस्बिरहरू)

काठमाडौं- पछिल्लो २४ घण्टायता देशभर पानी परिरहेको छ । अबिरल वर्षाका

पाकिस्तानमा साम्प्रदायिक द्वन्द्वमा ३७ जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा जारी साम्प्रदायिक झडपमा परी मृत्यु हुनेको

वकिलहरूको विरोध र विवादबीच न्यायाधीश नियुक्ति गर्न न्याय परिषद् बैठक

काठमाडौं– प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सेवानिवृत हुन एकसाता मात्रै बाँकी छ।