ट्राफिक कारबाहीबाट मधेश प्रदेशमा ३५ प्रतिशत राजस्व वृद्धि  « Khabarhub

ट्राफिक कारबाहीबाट मधेश प्रदेशमा ३५ प्रतिशत राजस्व वृद्धि 


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

रौतहट – मधेश  प्रदेशमा ट्राफिक प्रहरीले नियमविपरीत चल्ने सवारीसाधनमाथिको कारबाहीलाई तीव्रता दिएको छ। प्रदेशको आठ जिल्लामा ट्राफिक नियमविपरीत चल्ने सवारीसाधनमाथि तीव्र रुपमा कारबाही सुरु गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रदेश कार्यालय पथलैयाका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले बताएका छन्।

प्रदेश ट्राफिक प्रमुख एसपी नान्तिराज गुरुङको निर्देशनअनुसार गरिएको कारबाहीबाट मात्र ३ महिनामा २४ लाख  १८ हजार राजस्व संकलन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झन्डै ६ लाखले वृद्धि भएको छ।

यस आर्थिक वर्षको साउन, भदौ र असोज गरी तीन महिनाको अवधिमा मधेस प्रदेशको आठवटै जिल्लामा ट्राफिक नियमविपरीत चलेका तीन हजार ७२० सवारीसाधनलाई कारबाही गरिएको थियो। उक्त कारबाहीबाट कुल २४ लाख १८ हजार रुपैयाँ राजस्व संकलन भएको प्रवक्ता भण्डारीले बताएका छन्।

गत आर्थिक वर्षको सोही अवधिमा मधेसप्रदेश ट्राफिक प्रहरीले गरेको दुई हजार ९६९ सवारीसाधनको कारबाहीबाट मात्र १८ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन भएको थियो।

त्यसैगरी यस आर्थिक वर्षको साउन, भदौ र असोज गरि तीन महिनाको अवधिमा  प्रदेशभरिमा कुल १४ सय ५२ वटा सवारी दुर्घटना भएको छ। दुर्घटनामा परेर कुल १३० जना मानिसको ज्यान गएको छ। मृत्यु हुनेमा ८९ जना पुरुष,२८  जना महिला,७ जना बालक तथा ६ जना बालिकाको मृत्यु भएको  प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाको तथ्यांकमा उल्लेख छ।

उक्त दुर्घटनामा परेर दुई हजार चारसय ५६ जना घाइते भएका छन्। घाइते हुनेमा एक हजार ६२३ जना पुरुष,चार सय ६८ महिला, २३२ बालिका रहेको तथ्यांकमा उल्लेख छ। मधेश प्रदेशमा बढ्दो सवारीको संख्या,तीव्र गति, साँघुरो बाटो तथा कतिपय चालकको लापरबाहीले सवारी दुर्घटना बढेको प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी नान्तीराज गुरुङले बताएका छन्।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ११ : २० बजे

सेतीखोलामा डुबेका एक व्यक्ति तीन दिनदेखि बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित सेतीखोलामा माछा मार्ने क्रममा बेपत्ता

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको

धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि

फलेवासबाट एक वर्षमा ५२५ जना बसाइँसराइ

पर्वत– पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी

फागुन २१ को सन्देश- देश बनाउने र जलाउनेबीचको जनमतसंग्रह

आगामी फागुन २१ मा हुने निर्वाचनमा केवल प्रतिस्पर्धी दलका रूपमा