६ महिने निःशुल्क स्कील-अप तालिम कार्यक्रम सम्पन्न « Khabarhub

६ महिने निःशुल्क स्कील-अप तालिम कार्यक्रम सम्पन्न


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिप्रदी ट्रेडिङ प्रा.लि.ले सिप्रदीयन सहायता संस्थाको आयोजनामा ६ महिने निःशुल्क स्कील-अप तालिम कार्यक्रम तेस्रो ब्याच सम्पन्न गरेको छ । दक्ष अटो प्राविधिक उत्पादन गर्ने उद्देश्यले गरिएको यस कार्यक्रममा नेपालभरि रहेका सिप्रदीका च्यानल पार्टनरहरु-आधिकारीक सर्भिस सेन्टर, प्रमाणित ग्यारेज र आकस्मिक मर्मत सेवा केन्द्रबाट सिफारीश भएका १२ जना प्रशिक्षार्थीहरूले सफलतापूर्वक तालिम सम्पन्न गरेका छन् र तालिम सके पछि सिफारीश गरिएको वर्कशपमा रोजगार प्राप्त गरेका छन् । 

कार्यक्रमको दीक्षान्त समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ र प्रमुख संचालन अधिकृत राजेश प्रसाद गिरीले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र र खादा प्रदान गर्नु भएको थियो । समारोहमा प्रशिक्षार्थीहरुलाई बधाइ एवं शुभकामना दिँदै प्रमुख कार्यकारी अधिकृतले उत्पादन गरिएका टेक्निशीयनहरु नवीनतम प्रविधिका टाटा गाडीहरू समेत मर्मत सम्भार गर्न सक्षम रहेकाले, टाटा गाडीका ग्राहकले अझै उत्कृष्ट सेवा पाउने जानकारी दिएका छन् ।

सन् २०१२ मा स्थापना भएको सिप्रदी सहायता संस्था गैरनाफामूलक निरपेक्ष, गैरसरकारी तथा अराजनैतिक सामाजिक संस्था हो । सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेडद्वारा कम्पनीको सामाजिक उत्तरदायित्वसँग सम्बन्धी क्रियाकलापहरू संचालन गर्नका लागि सिप्रदी सहायता संस्थाको स्थापना गरिएको हो । संस्थाले योग्य तर आर्थिक रुपमा कमजोर बालबालिकालाई छात्रवृत्ति प्रदान गर्दै र दुर्गम क्षेत्रमा प्रौढ शिक्षाको विकासमा सहयोग गर्दै शिक्षाको क्षेत्रमा सहयोग गर्ने लक्ष्य लिएको छ ।

संस्थाले जेष्ठ नागरिकहरु, टुहुरा बालबालिकाहरु तथा फरक क्षमता भएका व्यक्तिहरुलाई सेवा र सहयोग हरसम्भव पर्‍याउने लक्ष्य लिएको छ । यसको साथै संस्थाले प्राकृतिक विपद् र प्रकोपबाट पीडितहरूको आपत्कालीन उद्धार, सहयोग तथा पुनर्स्थापनासम्बन्धी कार्यमा सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  १ : २४ बजे

बागमतीका मुख्यमन्त्री किरण थापा मगरले पाए विश्वासको मत

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभाबाट

विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक

बागमतीमा सरकार टिकाउन तीन दलबीच नयाँ समझदारी, मन्त्रालय ८ भन्दा नबढाउने

काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू