प्रधानमन्त्री कप क्रिकेट : एपीएफ फाइनलमा प्रवेश « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : एपीएफ फाइनलमा प्रवेश


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शसस्त्र प्रहरी बलको एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । किर्तिपुरस्थित  त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले मधेश प्रदेशलाई सात विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । 

मधेश प्रदेशले एपीएफलाई जितका लागि १२३ रनको लक्ष्य दिएको थियो । जवाफमा एपीएफले २१ दशमलव तीन ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो  । एपिएफका लागि लोकेश बमले सर्वाधिक ३५ रनको योगदान दिए भने प्रदीप ऐरीले ३३ तथा आशिफा शेखले २५ रनको योगदान दिए । त्यसैगरी सुमित मर्हजनले १३ रन जोड्दा सन्दिप जोरा छ रनमा अविजित रहे ।

बलिङतर्फ मधेश प्रदेशका रूपेश सिंहले तीन विकेट झारे भने राजेश यादवले एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ३१ ओभरमा सबै विकेट गुमाउँदै १२२ रन मात्र बनाउन सक्यो । मधेश प्रदेशका लागि रूपेश सिंहले अविजित रहँदै सर्वाधिक ३६ रनको योगदान दिए । सन्तोष कार्कीले २०, इमरान शेखले १६, अनिल साहले १३, आदील आलमले ११  तथा राजेश यादवले १० रन बनाए ।

एपीएफका कमल ऐरी एक्लैले चार विकेट लिए भने भुवन कार्की र मौसम ढकालले समान २-२ विकेट झारे । भोलि हुने दोस्रो सेमिफाइनल खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल भने शनिबार हुनेछ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  २ : ५६ बजे

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा कति सकारात्मक, के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम