त्रिपालमुनि रात बिताउँदै भूकम्पपीडित | Khabarhub Khabarhub

त्रिपालमुनि रात बिताउँदै भूकम्पपीडित


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

डोटी– डोटीको पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँका भूकम्प पीडितले सरकारी तवरबाट कुनै राहत प्राप्त गर्न नसकेको गुनासो गरेका छन् । उनीहरु तरकारी उत्पादनका लागि निर्माण गरिएका पोली हाउसमा रात बिताउन बाध्य भएको बताएका छन् ।  भूकम्प पीडितलाई सरकारी क्षेत्रबाट प्रदान गरिने राहत नआइपुगेका कारण उनीहरु समस्यामा परेको बताएका हुन् । गत मंगलबार रातिको भूकम्पमा परी यहाँका कैयौँ नागरिकका घरमा क्षति पुगेको छ । कतिपयको घर भत्किएको छ भने कैयौँका घरमा क्षति पुगेकाले आफ्नै घरमा रात काट्न नसक्ने अवस्था रहेको छ । 

यहाँका स्थानीय भरत बोहराले भने , ‘सरकारी क्षेत्रबाट राहत आइपुगेको छैन, पटक पटक गइरहने परकम्पनले पीडितमा त्रास थपिँदै गएको छ, चिसो समयमा हामीहरू पोलि हाउसमा आगो बालेर रात बिताउन बाध्य छौँ ।’ नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले २० वटा त्रिपाल तथा केही खाद्यान्न राहतस्वरूप वितरण गरे पनि पीडितलाई अपुग भएको छ । 

नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले भूकम्पले ज्यान गुमाएको यहाँको परिवारका सदस्यलाई एक लाख ५० हजार तथा नेकपा एमाले डोटीबाट एक लाख आर्थिक सहयोग प्राप्त भएको थियो ।

अस्थायीरुपमा भए पनि टहरा निर्माण गर्न तथा एक छाक खान र एकसरो लगाउने लुगाको व्यवस्था गरिदिन पीडितले सरकारसँग माग गरेका छन् । गाउँभरिमै भूकम्पको पीडाले सन्नाटा छाएका कारण खेतमा पाकेको धान तथा कोदो काट्न र टिप्न नपाउँदा खेतबारीमै बाँदर र मुसाले खान थालेको पीडितहरू बताउँछन् । खानका लागि एक मानो चामल र पीठोसमेत नभएका कारण बालबालिका भोकले रुने कराउने गर्न थालेको अर्की पीडित मनसरा बोहराले बताए। 

उता विपद् व्यवस्थापन समितिका संयोजक तथा डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले गृह मन्त्रालयबाट भूकम्प पीडितका लागि त्रिपाल र कम्बल आइपुगेकाले आजै विपद् व्यवस्थापनको बैठक राखी सम्भवतः आजै वितरण गरिने बताए। उनले भने, ‘गृह मन्त्रालयबाट त्रिपाल र कम्बल आइपुगेको छ, अन्य राहतका लागि प्रक्रिया भइरहेकाले हामी आजै त्यहाँ गएर सम्भवतः कम्बल र त्रिपाल वितरण गर्छौं होला ।’

मंगलबार मध्यराति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र भएर ६ दशमलव ६ म्याग्नीच्युडको भूकम्प गएको थियो । त्यसमा परी उक्त गाउँका छ जनाको मृत्यु हुनुका साथै सात जना घाइते भएका थिए । उक्त भूकम्पमा परी आठ घर पूर्ण ध्वस्त भएका छन् भने स्थानीयका अनुसार दर्जनौँ घरमा क्षति पुगेको छ । 

तारागाउँको आर्थिक सहयोग

यसैबीच भूकम्पमा परी घरबारविहीन भएका डोटीको पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँका पीडितका लागि तारागाउँ विकास समितिले खाद्यान्नलगायत अन्य आवश्यक सामग्री खरिदमा सहज होस् भन्ने उद्देश्यले ३४ हजार दुई सय ८२ प्रदान गरेको छ । समितिका सदस्य सचिव महेन्द्रबहादुर थापाले समितिले आज सो निर्णय गरेको र तत्कालै पीडितलाई प्रदान गरिने जानकारी दिए ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ४ : ३४ बजे

खानेपानी समस्या समाधानका लागि मन्त्री यादव र चौरसियाद्धारा अनुगमन

वीरगञ्ज– जलवायु परिवर्तनको प्रतिकूल असरले तराई–मधेस क्षेत्रमा गहिरिँदो खानेपानी अभावलाई

छाउगोठमा कञ्चनपुरकी युवतीको मृत्यु, दोषीलाई कारबाही गर्न समाजवादी महिला संघको माग

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिका–१, निगालीमा छाउगोठमा बस्दा सर्पले टोकेर

एनआईसी एशिया बैंक र ई-स्टप नेपालबीच छुट सम्झौता

काठमाडौं– एनआईसी एशिया बैंक र ई-स्टप नेपाल प्रालिबीच बैंकका ग्राहकलाई

‘सुम्निमा’मा उपासनासँग ‘अनस्क्रिन रोमान्स’ गर्दै नायक कुन्साङ

काठमाडौं – ‘अञ्जिला’को व्यवसायिक सफतापछि निर्देशक मिलन चाम्सले निर्देशन गर्न

आकाशे पुल हुँदाहुँदै सडकबाटै जोखिम मोलेर बाटो काट्दै (तस्बिरहरू)

काठमाडौं– पैदलयात्रुको सुरक्षाका लागि निर्माण गरिएका आकाशे पुल, अन्डरग्राउन्ड टनेल