इलाम क्षेत्र नं-२ मा त्रिकोणात्मक प्रतिस्पर्धा | Khabarhub Khabarhub

इलाम क्षेत्र नं-२ मा त्रिकोणात्मक प्रतिस्पर्धा


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

मङ्गलबारे– नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम क्षेत्र नं २ बाट आसन्न मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्यमा निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन्। उनी पाँचौ पटक आगामी निर्वाचनका लागि प्रतिस्पर्धामा उत्रिएका हुन । नेम्वाङले विसं २०५६ देखि लगातार चुनाव जित्दै आएकामा  गत निर्वाचनमा वाम गठबन्धनको सहयोगमा नेपाली कांग्रेसका उम्मेदवार केशव थापालाई करिब साढे नौ हजार मतान्तरले पराजित गरेका थिए ।

गत स्थानीय तहको निर्वाचनमा इलाम क्षेत्र नं २ मा वडाध्यक्षको मत एमालेकोभन्दा कांग्रेसको बढी देखिन्छ । त्यसमा सरकारमा रहेका गठबन्धन दलको मतसमेत थपिन सक्छ । उक्त चुनावमा वडाध्यक्षले पाएको मत ३२ हजार नौ सय ७८ कांग्रेस पक्षको हुँदा एमालेसँग ३२ हजार पाँच सय २७ छ । नेकपा माओवादी केन्द्रको दुई हजार सात सय १७, जसपाको पाँच सय ५४, एकीकृत समाजवादीको दुई सय ७७ र राप्रपाको एक सय ३० मत छ । 

नेम्वाङसँग सत्तारुढ गठबन्धनबाट कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्का प्रतिस्पर्धी हुनुहुन्छ । नेम्वाङको राष्ट्रिय राजनीतिमा आफ्नै पहिचान छ भने खड्का गरिब र विपन्नलाई आर्थिक सहयोग गर्दै आएको समाजसेवीका रुपमा परिचित छन् । खड्का प्रतिनिधिसभासदस्यको निर्वाचनमा पहिलो पटक चुनाव लड्दै छन् ।

नेपाल विद्यार्थी सङ्घबाट राजनीति यात्रा प्रारम्भ गरेका खड्का नेविसङ्घको केन्द्रीय उपाध्यक्ष, जिल्ला कोषाध्यक्ष हुँदै जिल्ला सभापति बने । यसअघि २०७४ को चुनावमा इलाम क्षेत्र नं २ कै १ बाट प्रदेशसभामा प्रतिस्पर्धी बनेका उनले मुख्य प्रतिस्पर्धीसँग पराजित भएका थिए । एमालेका राम रानासँग पराजित खड्काले यसपटक प्रतिनिधिसभामा विजय हासिल गर्ने जिकिर  गर्दै आएका छन् । यो क्षेत्रको प्रदेशसभा १ मा नेपाली कांग्रेसबाट र २ मा माओवादी केन्द्रबाट उम्मेदवार उठाइएको छ । 

कानुन व्यवसायी, मन्त्री, सभामुख र संविधानसभा अध्यक्ष भएका उनले गत निर्वाचनमा ३६ हजार पाँच सय १७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार केशव थापाले २६ हजार आठ सय ६५ मत प्राप्त गरेका थिए । उनले विद्युत्, सडक, स्वास्थ्य, शिक्षालगायतका कुरा जोडेर नै मत माग्नु परिरहेको छ । 

नेम्वाङको निर्वाचन क्षेत्रमा इलाम नगरपालिकाको १० नम्बर वडाबाहेक देउमाई नगरपालिका, माई नगरपालिकाको वडा नं ६, ७ र ८ सहित चुलाचुली, माङ्सेबुङ र फाकफोथुम गाउँपालिका पर्दछ । यसै निर्वाचन क्षेत्रमा राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष खड्गप्रसाद पालुङ्वा (केपी) ले समेत यसै निर्वाचन मनोनयन दर्ता गराएका छन् । सोही निर्वाचन क्षेत्रमा रहेको माङ्सेबुङ गाउँपालिकामा किराँत धर्म गुरुको बसोबास छ ।

इलाम क्षेत्र नं २ मा एक लाख १५ हजार पाँच सय ३५ मतदाता छन् । जसमा ५८ हजार, सात सय ८४ महिला, ५६ हजार पाँच सय ५६ पुरुष र अन्य दुई छन् ।  अबको निर्वाचनमा विकासप्रेमी नेतालाई मत दिने मतदाता टेकराज पौडेलले बताए। पहिलो पटक प्रदेश र प्रतिनिधिसभा सदस्यको लागि निर्वाचनमा मत दिन लागेका उनी जनप्रतिनिधिले जनताको आवाज सुन्न सक्नुपर्ने बताए ।

निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ दुई स्वतन्त्रसहित १४ उम्मेदवार प्रतिस्पर्धी छन् । प्रदेशसभातर्फ क्षेत्र नं २ को (१) मा आठ र इलाम (२) मा १ स्वतन्त्रसहित आठ उम्मेदवार छन् । जिल्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली कांग्रेस बीपी, जसपा एवं स्वतन्त्र उम्मेदवारलेसमेत मनोनयन दर्ता गराएका छन् । एमालेसँग चुनावमा तालमेल गरेको जनता समाजवादी पार्टीका तर्पबाट समेत इलाममा मनोनयन दर्ता भएको छ । 

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ४ : ४७ बजे

लरेन्स विश्नोई समूहले लियो बाबा सिद्दिकीको हत्याको जिम्मा

काठमाडौं– भारतीय राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दिकीको हत्याको

तनहुँ र नवलपुरमा उनन्तीस खानेपानी योजना सम्पन्न

तनहुँ – आर्थिक वर्ष २०८०-८१ मा तनहुँ र नवलपुरमा २९

बाढीबाट सबैभन्दा पुरानो चन्द्रनहरमा लाखौँको क्षति

राजविराज – हालैको बाढीबाट मुलुकको सबैभन्दा पुरानो चन्द्रनहरमा लाखौँको क्षति

सूचना प्रविधिसँगै ‘कटुवाल प्रथा’

गलेश्वर– म्याग्दीको बेनी नगरपालिका—९ घतानका ६० वर्षीय दिलबहादुर दमाईं र

जलवायु परिवर्तनका कारण ‘मनसुन’ प्रणालीमा फेरबदल

काठमाडौं– जलवायु विज्ञहरूले जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान वृद्धि भई