प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारी अन्तिम चरणमा « Khabarhub

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारी अन्तिम चरणमा


२४ कार्तिक २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– काभ्रेमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चुनावी तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन सहजिकरणका लागि छ मतदान अधिकृत र छ सहायक मतदान अधिकृत गरी १२ जना मतदान अधिकृत खटाइएको छ भने अन्य सहायकस्तरका कर्मचारीको खटनकार्य पनि अन्तिम चरणमा पुगेको छ ।

 जिल्लामा सबै तहका गरी  तीन हजार एक सय १२ कर्मचारी खटाइने जानकारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको छ । मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले हाल मतपत्र प्याकिङको काम भइरहेको बताए । 

तीन लाख १० हजार ६३ मतदाता रहेको जिल्लामा प्रतिनिधिसभाका दुई र प्रदेशसभा चार निर्वाचन क्षेत्र छन् । जिल्लामा तीन सय ८९ मतदान केन्द्रको व्यवस्थापन हुने निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

निर्वाचनको निष्ठा र औचित्य जोगाई निष्पक्ष र मर्यादित चुनाव गराउनका लागि निजामती कर्मचारीलगायत माध्यामिक तहका शिक्षक कर्मचारीलाई समेत निर्वाचनमा खटाइने कार्यालयको भनाइ छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ६ : ५२ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र