‘गणेशमान सिंहको सङ्घर्ष’ नामक पुस्तक सार्वजनिक « Khabarhub

‘गणेशमान सिंहको सङ्घर्ष’ नामक पुस्तक सार्वजनिक


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनआन्दोलन २०४६ का सर्वोच्च कमाण्डर तथा नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको जीवनीमा आधारित पुस्तक ‘गणेशमान सिंहको सङ्घर्ष’ उनकै निवासस्थान चाक्सबारी क्षेत्रपाटीमा उनको १०८औँ जन्मजयन्ती अवसर पारेर सार्वजनिक गरिएको छ । उनकी कान्छी सुपुत्री डा मीता सिंहले लेखेकाे दुई सय ३१ पृष्ठको सो पुस्तक आज एक कार्यक्रममार्फत सार्वजनिक गरिएको हो ।

पुस्तकमाथि प्रकाश पार्दै संयुक्त राष्ट्रसङ्घका लागि नेपालका पूर्वप्रतिनिधि प्रा जयराज आचार्यले गणेशमान एक निष्ठावान् लौहपुरुष मात्र नभई एक बौद्धिक व्यक्तित्व तथा परिपक्व राजनीतिज्ञ पनि भएका बताए । कांग्रेसका लोकप्रिय नेता बिपी कोइरालाको देहावसानपछि पनि पार्टीलाई सक्षम नेतृत्व प्रदान गर्दै गणेशमान सिंहले विसं २०४२ को सत्याग्रह र २०४६ सालको जनआन्दोलनमार्फत प्रजातन्त्र पुनःस्थापनाका निम्ति पु¥याउनुभएको महत्वपूर्ण योगदानको उनले चर्चा गरे ।

रुसका लागि नेपालका पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले सर्वोच्च नेता सिंह बाहिरबाट कठोर देखिए पनि भित्रबाट अत्यन्त कोमल तथा सहृदयी भएको बताए । नेता सिंहले प्रजातन्त्रवादी र वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याउने कार्य नगर्नु भएको भए निरंकुश पञ्चायतको अन्त्य गरी बहुदलीय प्रजातन्त्र प्रणालीको स्थापना असम्भव रहेको उनको भनाइ थियो ।

समाजसेवी दुर्गा घिमिरेले डा सिंहद्वारा लिखित सो पुस्तकमा गणेशमान सिंहले प्रजातन्त्र प्राप्तिपछि आर्थिक क्रान्ति र समानताको मुद्दा उठाउनुभएको भन्दै पुस्तक अहिलेका युवा वर्गको निम्ति पठनीय तथा प्रेरणादायी हुने विचार व्यक्त गरे ।

पुस्तकका लेखक डा सिंहले बुबा गणेशमान सिंहले गर्नुभएको त्याग, तपस्या र सङ्घर्षबारे आजको युवा पुस्तालाई जानकारी मिलोस् र त्यसबाट देश तथा समाजको निम्ति केही गर्ने प्रेरणा प्राप्त होस् भनी पुस्तक नेपालीमा अनुवाद गरिएको बताए । उक्त पुस्तक गत वर्ष प्रकाशित डा सिंहद्वारा रचित ‘‘द स्ट्रगल अफ गणेशमान सिंह’’ को नेपाली अनुवाद हो । पुस्तकको अनुवाद अन्विका गिरीले गरेका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ८ : १२ बजे

चुनावका कारण फागुन १ बाट सर्‍यो ‘कल्ली’, अझै छन् ४ फिल्म

काठमाडौं – फागुन २१ को निर्वाचनले त्यस महिनामा प्रदर्शनम मिति

डेभिल्ससँग नेपालको ऐतिहासिक टी–२० विश्वकप डेब्यु

काठमाडौं–  डेभिल्सले नेपाली क्रिकेटलाई  प्रोत्साहन गर्दै नयाँ अभियान सार्वजनिक गरेको छ

खगेन्द्रको स्पष्टोक्ति : ‘म शाकाहारी हुँ, विपक्षीले बदनाम गर्न गाई खान पाउने भिडियो हाले’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक उम्मेदवार खगेन्द्र सुनुवारले आफू

कोरिया जान पाऊँ भन्दै ईपीएस पास गरेकाहरू माइतीघरमा उत्रिए (तस्बिरहरू)

काठमाडौं– रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको